बेनीमा बर्खेनाच सुरु

Gandaki Ghumau

बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । बर्खेनाच अन्तर्गत मंगलबार नागपञ्चमीको दिनदेखि लाखे नाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ ।

मंकाखल अन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

“परम्परागत रूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराउँदै गएको नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई प्रशिक्षण दिएका छौ ।”

Gunasthariya Shiksya

नाचका विभिन्न नाचमा ४० जना कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू हराउँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् ।

बर्खेनाचका दर्जनौं नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवद्र्धनमा टेवा पुगेको छ । यस वर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खास गरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवंगत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ ।

बर्खेनाच अन्तर्गत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...