म्याग्दीका किसानलाई रु. दुई करोड अनुदान

Gandaki Ghumau

बेनी ः फलफुल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानहरुलाई गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१÷०८२ मा रु. दुई करोड भन्दा बढी अनुदान वितरण गरेको छ ।

कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र, म्याग्दीले सञ्चालन गरेको कार्यक्रम मार्फत रु. दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको हो । केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले विभिन्न १२ वटा अनुदानका कार्यक्रमका लागि रु. दुई करोड ४७ लाख चालीस हजार बजेट बिनियोजन भएकोमा ८६ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

“प्रदेश सरकारको कार्यबिधी अनुसार सार्वजनिक सूचना मार्फत आवेदन संकलन, स्थलगत निरिक्षण, मूल्याङ्कन र छनौट भएका समूह, सहकारी तथा फर्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वनय भएको हो,” उहाँले भन्नुभयो “कार्यक्रम अनुसार ५० देखि ८५ प्रतिशत सम्म अनुदान उपलब्ध गराएका छौ ।”

Shreekrishna

गत वर्षका योजना तथा कार्यक्रमबाट ८१ वटा मिनिटिलर खरिद, १० वटा कुटानी पिसानी मिल, ८२ थान स्प्रेयर, सात वटा ब्रस कटर, २९ हजार एक सय ५० मिटर पाइप, ५३ वटा हिलट्याङक, छ सय मिटर सिचाई कुलो निर्माण र १६ वटा सिचाई पोखरी निर्माण भएका छन् ।

Gunasthariya Shiksya


सबैभन्दा बढी रु. एक करोड २० लाख बजेट भएको समुदाय स्तरमा खायन आलु प्रर्वद्धन आयोजना मार्फत एक हजार दुई सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरेका सात सय ९३ जना कृषक आवद्ध ३० वटा सहकारी र समूहलाई यान्त्रिकरण, साना सिचाई पूर्वाधार, बिउ, मलका लागि रु. ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको छ ।

सुन्तलाजात फलफूल विकास आयोजना मार्फत तीन सय ७० रोपनीमा सुन्तला बगैचा सुदृढीकरण र ४० रोपनीमा सुन्तला बगैचा विस्तार गरेका ४३ वटा समूह, सहकारी र फर्मले प्रबिधी, पूर्वाधार, बिषादी र औजार खरिदका लागि रु. ४७ लाख १४ हजार अनुदान पाएका छन् ।

तरकारी बाली आयोजना मार्फत रु. आठ लाख ६६ हजार, खाद्यान्न बाली प्रर्वद्धन कार्यक्रमबाट रु. नौ लाख ९२ हजार, फलफुल बगैचा ब्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम माफृत रु. छ लाख ६३ हजार, फलफूल बगैचा स्थापना तथा विस्तारका लागि रु. सात लाख २० हजार र मसला तथा निर्यातयोग्य बाली प्रर्वद्धन आयोजना मार्फत रु. पाँच लाख ९८ हजार अनुदान वितरण गरिएको छ ।

रैथानीबालीको प्रशोधन तथा बजारकिरण प्रर्वद्धन कार्यक्रमबाट रु. सात लाख ६१ ह्जार, रैथानेबाली उत्पादन प्रर्वद्धन कार्यक्रमबाट रु. नौ लाख २८ हजार, ग्रामिण पोषण सुरक्षण कार्यक्रम मार्फत रु. १७ लाख ८६ हजार र जलवायुमैत्री प्रविधि प्रर्वद्धन कार्यक्रम माफृत रु. चार लाख ९८ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिममा नौ सय ९९ जना सहभागी भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...