मुक्तीनाथको स्थापना र हिरा स्मृति दिबस

khali

बेनी, । बेनी नगरपालिका–८ न्युरोडमा रहेको मुक्तीनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार तेहै स्थापना दिवस मनाएको छ ।

khali

स्थापना दिबसको अवसरमा सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा बेनीका १० जना एकल महिलालाई स्वीटर र मृगौला रोगी जमिना बेगमलाई पाँच हजार रुपैयाँ नगद उपलब्ध गराइएको हो । सहकारीका संस्थापक हिराबहादुर केसीको स्मृतिमा स्मृति दिवस पनि मनाइएको थियो ।

सहकारीका अध्यक्ष लीलाराम गौतम, पुर्ब अध्यक्ष शेरबहादुर केसी, कोषानन्द आचार्य, सहकारीका उपाध्यक्ष दण्डपाणी सापकोटा, एकल महिला संघ म्याग्दीका अध्यक्ष समेत रहेकी सहकारीका सञ्चालक तथा संस्थापक केसीकी श्रीमति देवी केसी, एकल महिला संघ म्याग्दीका पुर्ब अध्यक्ष बिमला गौचन लगायतले कपडा बितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहकारीका कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...