गलेश्वर–पछै–जगन्नाथ सडक स्तरोन्नति योजना शुरु

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दु धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापुर्वकालमा ऋषि मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलिप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

म्याग्दी हुदै मुस्ताङ जाने तिर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाई लम्बाउने र स्थानीयबासीहरुको सहजताका लागि गण्डकी प्रदेश सरकार मार्फत गलेश्वर देखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति योजना थालिएको बेनी नगरपालिका –९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

Shreekrishna

“गलेश्वर स्थित बेनी–जोमसोम–कोरला सडक देखिनै सडकलाई फरालिको पार्ने, ग्रेड र घुम्ति सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्ने योजना छ,” उहाँले भन्नुभयो “अहिलेको ठेक्काबाट गलेश्वर–काउलेगौडा क्षेत्रमा स्तरोन्नति हुनेछ् । बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट ब्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरेका छौ ।”

गण्डकी प्रदेश सरकारले रु. तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनश्चित गरेको उक्त योजना निर्माणका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरी छनौट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

रु. दुई करोड २३ लाख ४६ हजार मा ठेक्का सम्झौता भएको योजना मार्फत बेनी नगरपालिका ९ ढलान र ग्राभेल सहित स्तरोन्नति हुने पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले बताउनुभयो । तीन सय मिटर ढलान र एक हजार सात सय मिटर ग्राभेल सहित स्तरोन्नति हुनेछ् ।

गत असार महिनामा सम्झौता गरेको ठेकेदार कम्पनीले काउलेगौडा–कोसेपानी क्षेत्रमा डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम थालेको छ । यो सडक बेनी नगरपालिका–९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्छन् ।

अघिल्लो कार्यकालमा बेनी नगरपालिका मार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति भएको थियो । गत कात्तिकमा दिवंगत हुनुभएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिक स्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुबर्षीय ठेक्का आव्हानका लागि प्रदेश सरकारसँग प्रस्ताव गर्नुभएको थियो ।

बेनी–पाखापानी सडकको नेप्टेचौर देखि काउलेगौडा र किराखोर देखि तिनमाने हुदै पछै तर्फ पनि प्रदेश सरकार मार्फत विभिन्न ठाउँमा ढलान भएको छ । प्रदेश सरकार मार्फत गत वर्ष स्रोत सुनिश्चतता भएको रु. २० करोड बजेटबाट बेनी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका–९ को किराखोर देखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नतिको क्रममा छ ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि हुँदा बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु. चार करोड बजेट बिनियाजन गरेर रु. २० करोडको स्रोत सुनिश्चतता गर्ने निर्णय गरेको थियो ।

बेनी देखि किराखोर सम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी–पाखापानी सडक अन्तर्गत ९ नम्बर वडा कार्यालय देखि गिठीनी पात्लेखेत हुदै रघुगंगाको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...