म्याग्दीमा सिंगो नेकपासँग चुनाव लडेर पराजित गर्ने काँग्रेस नेताहरुको घोषणा

Sinchai Khanipani notice

बेनी,। म्याग्दीका नेपाली काँग्रेसका नेताहरुले सिंगो नेकपासँग चुनाव लडेर पराजित गर्ने घोषणा गरेका छन् ।

सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देशब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममा सहभागि नेताहरुले म्याग्दीमा सिंगो नेकपासँग चुनाब लडेर पराजित गराउने उद्घोष गरेका हुन् ।

संगमचोक स्थित पार्टी कार्यालयबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर भएको सभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुले नेकपालाई नफुट्न शुभकामना दिदै म्याग्दीमा आगामी चुनावमा हराउने दावी गरे ।

Shreekrishna hardwear in news

काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले २०६४ देखि ७४ को चुनावमा काँग्रेसको मत बढ्दो र काँग्रेसको बढेको बताउदै जनताबाट तिरस्कृत भएको ओली सरकार, प्रदेश र संघका जनप्रतिनिधिहरुको अलोकप्रिय गतिबिधिले म्याग्दीमा नेकपालाई बत्ति बालेर खोज्नुपर्ने अवस्थामा पु¥याएर छोड्ने बताउनुभयो ।

“काँग्रेस एउटै नेकपासँग चुनाव लडेर पराजित गर्न तयार छौ,” उहाँले भन्नुभयो “६४ सालमा आठ हजारले हारेको काँग्रेसले २०७४ मा दुई वटा कम्युनिष्ट मिल्दा समेत मतान्तर २२ सय बनाएको छ । सरकारकै मन्त्रालय हाँक्ने संघीय र प्रदेशका जनप्रतिनिधिको कमजोर भूमिकाले हामीलाई अझै बलियो बनाएको छ ।”

सभापति गर्बुजाले सरकार र जनप्रतिनिधिहरुले म्याग्दीलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्न नसकेको, पहिरो पिडितको उद्दार र राहतमा ढिलासुस्ति गरेको, अझैसम्म पुनस्थापना र पुननिर्माणको काम अघि बढाउन नसकेको तथा साँसदले बाड्ने बजेटमा समेत पहिरो पिडितलाई उपेक्षा गरेको टिप्पणी गर्नुभयो ।

पहिरोमा परेका जनता उद्धार र राहतको पर्खाइमा बस्दा सासंदहरु सदरमुकाममा हेलिकप्टर कुरेर बस्नु तथा समयमा जनताको घरदैलोमा पुग्न नसक्नु निरिहिता, गैरजिम्मेवार र लाचारिपनको उदाहरण भएको गर्बुजाले बताउनुभयो ।

Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका निबर्तमान सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले आफ्नै सरकार भएपनि म्याग्दीका प्रदेश र संघका जनप्रतिनिधिले बिकास आयोजना र बजेट भित्र्याउन देखि कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो ।

बिगतमा सुरु भएका आयोजनालाई पुर्णता दिन बेवास्ता गरेको, बिद्युतको अनियमित आपुर्तिको समस्या समाधान गर्न नसकेको र बिकास बजेट कार्यकर्तालाई बाडेर भ्रष्ट्राचारलाई प्रशय दिएको बानियाको भनाई थियो ।

काँग्रेसका नेताहरुले म्याग्दीका कर्मचारी, प्रशासन र सुरक्षा निकाय सत्तारुढ दलको प्रभाव र दवावमा परेर सेवा प्रवाह, अपराध अनुसन्धान तथा बिकासका काममा राजनीतिक प्रतिरोध साँध्ने हतियार बनेको आरोप लगाएका छन् । नेकपाका कार्यकर्ताले गरेका गलत क्रियाकलापलाई आँखा चिम्लने तर स्वतन्त्र र काँग्रेसमा आस्था राख्ने नागरिकलाई बिभिन्न बाहनामा प्रहरी प्रशासनले दुख र सास्ति दिएर विभेदकारी ब्यवहार देखाएको बताएका थिए ।

संघ, प्रदेशका जनप्रतिधिको भूमिकाको कडा आलोचना गरेका काँग्रेसका नेताहरुले कर्मचारी, प्रशासन र सुरक्षा निकायकाले गरेका असन्तुलित गतिबिधिप्रति सचेत बनाएका थिए । पुर्ब सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, नेता अजयमिलन श्रेष्ठ, कमल छन्त्याल, बिमला गौचन, मुकुन छन्त्याल, बिमला गौचन, बालकुमार लामिछाने, अनोद श्रेष्ठ,नेबिसंघका सभापति निर्मल खत्री र बालकुमार लामिछानेले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षता र सहसचिव भरत रकालको सञ्चालनमा सम्पन्न सभामा सहभागिलाई स्वागत गर्दै काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले एकताबद्ध भएर ओली सरकारका गलत क्रियाकलापको भण्डाफोरका साथै संघ र प्रदेशका जनप्रतिनिधिहरुको असक्षमताका तत्थ्यहरुलाई उजागर गर्न निर्देशन दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...