तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

Gandaki Ghumau

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु. छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रो पटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइइ«ोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

Shreekrishna

“ठेकेदारले सन २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो,” उहाँले भन्नुभयो “परामर्शदाता ‘वाकफोस’को सिफारिस अनुसार चार महिना मात्र म्याद थपिएको हो ।” कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाई हुनुको कारण देखाएको छ ।

बर्खायाममा बुग्लको पहिरो सक्रीय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधिन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् गर्न रोक लगाएको थियो ।

Gunasthariya Shiksya

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्य अनुसार गर्न सकेको छैन् । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

राहुघाट जलविद्युत आयोजनाका प्रमुख राजु बिष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजिकरण र ताकेता गरिरहेको बताउनुभयो । कार्ययोजना अनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारहरुको ढिलासुस्तिका कारण असफल भएको बिष्टले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...