कागबेनी बाढी पीडितको भन्छन् : दुई वर्ष वित्यो, कहिले हुन्छ पुनःनिर्माण?

Gandaki Ghumau

कागबेनी, नेपालको प्रसिद्ध धार्मिकस्थल मुस्ताङको कागबेनीमा दुई वर्ष अघि ठूलो बाढी आयो । विसं २०८० साउन २८ गते कागखोलाको सो बाढीले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को प्रसिद्ध कागबेनी क्षेत्रमा करोडौँको क्षति पुग्यो । नीजि तथा सरकारी थुप्रै संरचना बगे । तर बाढीको दुई वर्ष पुग्न लाग्दा समेत राहत र पुनःस्थापनाका लागि सरकारबाट सहयोग नपाएको स्थानीयको गुनासो छ । “बाढीले क्षति तुल्याएको दुई वर्ष बित्यो, गाउँपालिकाबाट कुनै सहयोग प्राप्त भएन । बाढी पीडितलाई पुर्नःवासका लागि जग्गा दिन्छु भनेर गाउँपालिकाले झुक्यायो । ” स्थानीय कागबेनी महिला समूहका अध्यक्ष लक्ष्मी कुमारी गुरुङले भन्नुभयो । गाउँपालिकाको आयोजना र हिमाली आवाजको सहजीकरणमा शुक्रबार भएको सार्वजनिक सुनुवाईमा गुरुङले आफूहरुले गाउँपालिकाले भनेको जग्गामा घर टहर बनाएपनि अहिले रोकिएको बताउनुभयो । “हामीले बनाउँदै गरेको घर टहरा रोकिंदा हाम्रो पैसा खेर गयो । गाउँपालिका बाढी पीडितको सेवाबाट किन पन्छिन खोज्दैछ ?” उहाँको प्रश्न थियो । स्थानीय नानी गुरुङले कागबेनी महिला समुहको भवन निर्माणका लागि दुई पटकम्म बजेट विनियोजन गरिएपनि बजेट प्राप्तिका लागि गाउँपालिका धाउँदा कागजात मिलेन भनेर रोकिएको जिकिर गर्नुभो । उहाँले भन्नुभयो,“ समुहको लालपुर्जा नभई भवन बनाउँने बजेट दिन मिल्दैन भनियो । यति बजेट दिन नमिल्ने भए किन बजेट छुट्याईयो त ? कागबेनी बाढी पीडितलाई देश विदेशबाट आर्थिक सहयोग भयो । तर, कागबेनी बाढी पीडितलाई गाउँपालिकाले कुनै सहयोग गरेन ।” कागबेनी श्राद्धस्थल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङले गाउँ पालिकाले कृषि,पर्यटन,शिक्षा र स्वास्थ्य लगायतमा अपेक्षित रुपमा सकारात्मक कार्यहरु गरेको भएपनि कागबेनी बाढी पीडित र कागबेनी क्षेत्रका लागि महत्व नदिएको बताउनुभयो । संघ र प्रदेश सरकारबाट बजेट कार्यान्वयन गराउँन ढिलो हुने भएपनि गाउँपालिकाले छुट्याएको बजेट ज्यादै न्यून भएकाले बजेटको आकार बढाउन उहाँले माग गर्नुभयो । जनशान्ति मा.वि कागबेनीका प्रधानाध्यापक मनविर किसानले जनशान्ति माविलाई प्लस टु सम्मको पढाई हुने वतावरण मिलाउनु माग गर्नुभयो । “यहाँका अभिभावक र शिक्षाप्रेमीको चाहना कक्षा १२ समम्म पढाई सुरु गर्नुपर्यो भन्नेछ । दरबन्दीमा शिक्षक अपुग छ । थप गर्नुपर्योँ ।” उहाँले भन्नुभयो।

गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागबेनी बाढी घटनाको विषयमा आफूहरु जुध्दै लड्दै काम गरिहेको बताउनुभयो । गाउँपालिकाले सीमित स्रोत साधनका बावजुद कागबेनी बाढी घटनालाई आत्मसात गरी अपेक्षित कामहरु गरिरहेको उहाँको भनाई छ । अध्यक्ष गुरुङले भन्नुभयो,“कागबेनी बाढी पीडित र यसक्षेत्रको पूनःर्निाणको जिम्मा तीनै तहको सरकारको हो । यसमा पालिकालाई मात्रै दोषारोपण गर्न मिल्दैन । कागबेनी बाढीबाट पीडित र यसक्षेत्रको पुनःनिर्माण लगायतका विषयमा गाउँपालिका सदैव जनतासंग सहकार्य र हातेमालो गर्न तयार छ । ” अध्यक्ष गुरुङले गाउँपालिकाले कसैप्रति सत्रुता र कुनै गाउँप्रति नियतमा खोट अनि आचरणमा फरक ढंगले सोच्ने नगरेको स्पष्ट पार्नुभयो । दलगत स्वार्थबाट माथि उठेर जनतासंग मिलेर सहकार्य गर्न सदैव तयार रहेको अध्यक्ष गुरुङले बताउँनुभयो ।

‘‘गाउँपालिका भगवान होईन, काम गर्दै जाँदा केही मानवीय कमीकमजोरी अवश्य हुन्छन्,’ अध्यक्ष गुरुङले भन्नुभयो,‘ त्यस्ता गल्ती र कमीकमजोरी रहेमा सच्चाएर अघि बढ्न सकिन्छ, यसलाई जनताले सहज रुपमा लिएर सुझावको रुपमा आउने कुराहरुले आफुहरुलाई सुधारोन्मुख दिशातर्फ अघि बढ्न प्रेरित गर्दछ ।’’

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउँनुभयो । ‘कागबेनीमा कानुनी तथा नीतिगत समस्या छ,हामीले यहाँको वस्ती स्थानान्तरण गर्ने प्रयास गरेका थियौं । यहाँ पालिकाले डीपीआर गर्ने भनेकोमा प्रदेश सरकारले मान्यता नदिने भनेपछि ब्यापक भयौँ, तर यहाँको बाढी पीडितलाई पुनस्थापना गर्न डीपीआरको तयारी भएको छ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

अध्यक्ष गुरुङले जनताको गुनासो,धारणा र सुझावलाई बुझेर सुधारको बाटोतर्फ लैजाने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो,“पालिकाको सुशासन समृद्धि र विकासको मार्ग पहिल्याउन जनताको सुझावले ठुलो योगदान दिन्छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी भएर काम गर्ने वातावरण निर्माण गर्दै कमीकमजोरी औल्याएर सुधारको बाटोतर्फ लाग्न मार्ग प्रसस्त गर्दछ ।”

गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले जनताबाट सुझाव लिएर जनताको आवश्यकताका आधारमा समानुपातिक रुपमा विकास निर्माण गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले स्थानीय सरकारको रुपमा गाउँपालिकाले गरेका कामको जानकारी दिन र स्थानीयबाट सुझाव लिनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउनुभयो । सो अवसरमा उहाँले आर्थिक वर्ष २०८१÷०८२ मा पालिकाले गरेका कामको विवरण सहित प्रगति विवरण प्रस्तुत गर्नुभयो । “जनताका प्रतिनिधिबाट भएका कार्यसम्पादन तथा सार्वजनिक खर्च व्यवस्थापन,सार्वजनिक सेवा प्रवाह लगायतमा नागरिकहरुले नजिकको सरकारप्रति धारणा के कस्तो छ ? त्यो नागरिकको गुनासो र सल्लाह सुझावलाई समेट्ने गरी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी तुल्याउन सार्वजनिक सुनुवाईले टुल्सको रुपमा काम गर्नेछ ।” प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...