तिनचुलेको पर्यटन बिकासका लागि मंगला र ताराखोलाको सहकार्य

Beni Sanjibani

सिजन रोका
तिनचुले, । म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको पर्यटन प्रर्वद्धनका लागि दुई वटा गाउँपालिकाका सरोकारवालाहरुबीच आइतबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

ताराखोलाको नवसिर्जना युवा क्लवको आयोजनामा भएको छलफलमा दुई वटा पालिकाको सिमानामा पर्ने तिनचुलेको पर्यटन बिकासका लागि आवश्यक पुर्बाधार निर्माण र प्रर्वद्धन गर्ने बिषयमा छलफल भएको थियो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिमगर, मंगला–५ का वडा अध्यक्ष भुपेन्द्र खत्री, ताराखोला–४ का अध्यक्ष जितबहादुर खत्रीले तिनचुलेलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न दुवै पालिका मिलेर सडक, खानेपानी र पदमार्ग निर्माण गर्ने बताउनुभयो ।

Gose add
Aantarik mamila Bal Marry sambandi

ताराखोला गाउँपालिकाले तिनचुलेमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण सुरु गरेको छ । दुई हजार ९७० मिटरको उचाईमा अवस्थित तिनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पुर्बाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ ।

ओझेलमा परेको तिनचुलेको पर्यटन बिकास गर्न स्थानीय सरकार र समुदायले चासो दिएका छन् । तिनचुलेबाट धौलागिरी, गुर्जा, अन्नपूर्ण, निलगिरी लगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलको साथै सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

तिनचुलेमा मन्दिर पनि भएकाले यहाँको भार्मिक महत्व समेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाबाट एक घण्टा उकालो हिडेपछि तिनचुलेमा पुग्न सकिन्छ ।

नबसिर्जना युवा क्लवका अध्यक्ष पुर्णभन्द्र निउरेको अध्यक्षता, प्रथम उपाध्यक्ष भिमा रोकाको स्वागत र दृतीय उपाध्यक्ष डिबी घर्तिको सञ्चालनमा भएको कार्यक्रममा सहभागी हुन पुगेका अतिथिहरुलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...