मराङमा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो । धवलागिरी गाउँपालिका–६ का वडा अध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरी गाउँपालिका–६ का साथै वडा नम्बर ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिनुभयो ।

“मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधी छोटिएको छ,” उहाँले भन्नुभयो “अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङ बेशीमा झरेर वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुुपर्नेमा पुल बनेपछि यात्राअवधी १५ मिनेटमा छोटिएको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

उक्त पुल निर्माणका लागि वि.स. २०८१ असार महिनामा बेनी नगरपालिका–२ को रामकृष्ण कन्ट्रक्सनले रु. दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधी भएपनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदिप सापकोटाले बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास आयोजना कास्की मार्फत यसै वर्ष धवलागिरी गाउँपालिका–३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुई वटा सहित म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुुङ्गे पुलको संख्या चार वटा झोलुुङ्गे पुल छ वटा पुगेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरी गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...