अन्नपूर्णको ७३ प्रतिशत बजेट खर्च

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७३ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ ।

कुल रु. ५४ करोड ८४ लाख ४३ हजार मध्य ७३ दशमलब १२ प्रतिशत अथवा रु. ४० करोड १० लाख ६९ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ रु. ३४ करोड ९२ लाख ९० हजार बजेट मध्य ८६ दशमलब ११ प्रतिशत अथवा रु. ३० करोड चार लाख ६४ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

पुजिगत शिर्षकमा रु. १९ करोड ९१ लख ५३ हजार बिनियोजन भएकोमा रु. १० करोड तीन लाख चार हजार अथवा ५० दशमलब ३७ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद योजना कार्यान्वयन नहुनु, रुप्से झरना, सेकार्कु तातोपानी कुण्ड, खिवाङ–घराम्दी सडक योजना निर्माणमा भएको ढिलाईले पुजिगत बजेट खर्च प्रभावित भएको हो ।

Shreekrishna

उपभोक्ता समिति मार्फत सञ्चालित योजनाहरु भने अधिकांश कार्यान्वयन भएका छन् । कुल रु. पाँच करोड ४८ लाख ४४ हजार तीन सय आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा ९३ दशमलब ५५ प्रतिशत अथवा रु. पाँच करोड १३ लाख ७९ हजार आम्दानी भएको लेखा अधिकृत नविन पौडेलले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...