बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ८६ दशमलब ७५ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल रु. ७५ करोड ५६ लाख ११ हजार बजेट बिनियोजन भएकोमा रु. ६५ करोड ६५ लाख पाँच सय १७ खर्च भएको नगरपालिकाले जनाएको छ । पुँजिगत शिर्षकमा रु. २१ करोड नौ लाख ८५ हजार बिनियोजन भएकोमा ८३ दशमलब ९९ प्रतिशत अथवा रु. १७ करोड १७ लाख १५ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

चालु शिर्षकमा रु. ५४ करोड ४६ लाख २६ हजार बिनियोजन भएकोमा रु. ४७ करोड ८३ लाख नौ हजार अथवा ८७ दशमलब ८२ प्रतिशत खर्च भएको छ । कुल रु. सात करोड ५५ लाख एक हजार आन्तरिक आम्दानीको लक्ष्य राखेको नगरपालिकाले रु. सात करोड चार लाख ८२ हजार आम्दानी गरेको लेखा अधिकृत गोकुल शर्माले बताउनुभयो । लक्ष्यको ९३ दशमलब ९८ प्रतिशत आन्तरिक आम्दानी गरेको हो ।

Shreekrishna

समय तालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन, कर्मचारी, प्राविधिक व्यवस्थापन, जनप्रतिनिधीको अनुगमन र समन्वयका कारण करिब ८७ प्रतिशत बजेट खर्च गर्न सफल भएको नगरपालिकाले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...