अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

Gandaki Ghumau

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । अन्नपूर्ण गाउँपालिकाको रु. ६० लाख बजेटबाट उक्त पूर्वाधारहरु निर्माण गरिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो ।

Shreekrishna

फुटफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन भएको छ । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक÷एक वटा शौचालय निर्माण भएको छ ।

Gunasthariya Shiksya

हुमखोला देखि साधीखर्क सम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको वडा सस्दय पुर्जाले जानकारी दिनुभयो । आधार शिविरमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका तीन सय जना भन्दा आरोहीहरुको नाम उल्लेख गरेको ताम्रपत्र राखेर खुल्ला संग्राहलय बनाइएको छ ।

संग्राहलयसँगै अन्नपूर्णका प्रथम आरोही फ्रान्सका नेपाली मौरिज हर्जोग, लुई लचेनल र नेपालका सोनाम वालुङ शेर्पाको शालिक राखिएको छ । पूर्वाधार विस्तार र मर्मतसँगै अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकहरुलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । ७० वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउदै वि.स. २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाईमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा मौरिस हर्गोज नामारण र पदमार्ग सञ्चालन गरेको थियो ।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...