रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण

Gandaki Ghumau

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक करोड पाँच लाखको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०८०÷०८१ मा रु. ५० लाख र २०८१÷०८२ मा रु. ५५ लाख बजेट बिनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको हो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा बिनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडा अध्यक्ष फगामीले बताउनुभयो । हाल बेग स्वास्थ्य चौकीको कच्चि भवनको साघुरो कोठाबाट वडा कार्यालय छ ।

आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज हुने वडा अध्यक्ष फगामीले बताउनुभयो । नयाँ भवनमा वडा अध्यक्ष, सचिव, सदस्यहरु, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् । आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं–५ झिँ, वडा नं–२ भगवति, वडा नं.–६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो ।

वडा नं–३ पिप्ले, वडा न–४ दग्नाम र वडा न–८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । हाल सभाहलका लागि निर्माण भएको तीन तल भवनबाट गाउँपालिका सञ्चालन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...