म्याग्दी भलिबल कपको उपाधी स्याङ्जालाई

Gandaki Ghumau

बेनी, आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को बिजेता बनेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बुधबार बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै स्याङ्जा बिजयी भएको हो ।

पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जालाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचौ सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुदै दोस्रो स्थानमा चित्त बुझायो ।

Shreekrishna

बागलुङलाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । आइतबारदेखि शुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता थियो ।

Gunasthariya Shiksya

बिजेताललाई नगद रु दुई लाख, उपविजेतालाई नगद रु एक लाख, तेस्रोलाई नगद रु. ५० हजार र चौथोलाई नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

स्याङ्जाका सन्जोक परियार उत्कृष्ट खेलाडी, अमित केसी उत्कृष्ट प्रशिक्षक, तनहुँका विवश आले उत्कृष्ट सेटर, म्याग्दीका विष्णु नेपाली उत्कृष्ट सर्भर, धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर घोषित हुनुभयो ।

उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त वितरण गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...