एडभान्स सिमेन्ट प्रयोग गरिएको ढलान चार दिनसम्म पनि जमेन्

Sinchai Khanipani notice

बेनी, । जलजला गाउँपालिका–३ वारीबेनीको एक निर्माणाधिन घरमा चार दिनअघि गरिएको ढलान अझै जमेको छैन् ।

म्याग्दी बेनीमा ब्यवसाय गर्ने खिमानन्द कडेलले मंसिर २३ गते जगको पिल्लर ढलान गर्नुभएको थियो । चार दिन बितिसक्दा समेत ढलान नजमेको कडेलले बताउनुभयो । कडेलले तनहुँ स्थित अरनीको आबुखैरेनी सिमेन्ट उद्योगले उत्पादन गरेको एडभान्स ब्राण्डको ओपीसी सिमेन्ट घर ढलानमा प्रयोग गर्नुभएको थियो ।

चार वटा पिल्लरमा ढलान गरिएको थियो । “गोबर र माटोले टालेको भित्ता जत्तिको पनि सिमेन्ट जमेन्” कडेलले भन्नुभयो “सरदर भन्दा बढी दुई बोरा बालुवामा एक बोरा सिमेन्ट हालेर परिक्षण गर्दा पनि जम्न सकेन् । बुरुल–बुरुल खस्छ ।”

Shreekrishna hardwear in news

चिसोले गर्दा नजमेको हुन सक्ने अनुमान गरेका घरधनी, निर्माण ब्यवसायी र मजदुरहरुले तीन दिन काम रोकेर प्रतिक्षा गरे । सरदर ढलान गरेको तीस मिनेटमा जम्ने र एक दिनपछि पिल्लर अडाउन राखिएको काठ निकाल्ने गरिन्छ ।

बालुवामा औसत भन्दा बढी सिमेन्ट राखेर परिक्षण गर्दा समेत ढलान नजमेपछि बिक्रेतालाई खबर गरेको कडेलले बताउनुभयो । गुणस्तरहिन सिमेन्टका कारण ढलान नजमेको स्थानीयबासी, घरधनी र मजदुरले बताएका छन् ।

बेनीको बैंकरोड स्थित जय हार्डवयर्सबाट २५ बोरा सिमेन्ट खरिद गरेर लगेका कडेलले १७ बोरा सिमेन्ट प्रयोग गरिसक्नुभएको छ । १७ वटै बोराको सिमेन्ट प्रयोग गरिएको ढलान सबै जमेको छैन् । हातका औलाले कोट्याउँदा बालुवा र गिट्टी खस्छ ।

Bhautik ministry notice about road

छिटो जम्ने भएकाले घरको जग, पिलर, ढलाई, बिम लगायत पुल निर्माणका लागि ओपिसी सिमेन्टको प्रयोग गरिन्छ । पिपिसी सिमेन्टको प्रयोग पलास्टर र जोडाइका लागि प्रयोग हुन्छ ।

सिमेन्ट बिक्रेता रबिन्द्र श्रेष्ठले ढलान नजमेको बिषयमा उद्योगका सञ्चालकहरुलाई जानकारी गराइसकेको बताउनुभयो । उहाँले माटो सहितको कमशल बालुवाका कारण पनि ढलान नजमेको हुन सक्ने बताउनुभयो ।

“ग्राहकले गुनासो गरेपछि म पनि गएर हेरे । कम्पनीलाई समस्या जानकारी गराइसकेको छु,” उहाँले भन्नुभयो “परिक्षण नगरि ढलान नजम्नुको कारण पुष्टि हुदैन् । कम्पनीको कमजोरीले नजमेको भए क्षतिपुर्ति दिने भनेको छ । आइतबार आएर परिक्षण गर्ने भनेका छन् ।”

मिलनचोक स्थित क्रसर उद्योगबाट ल्याएको बालुवा ढलानमा प्रयोग गरिएको थियो । बेनीका निर्माण ब्यवसायी ध्रुब पौडेलले कडेलका साथै बेनीका अन्य घरका लागि पनि मिलनचोकको क्रसरको बालुवा ढुवानी गर्नुभएको थियो । मिलनचोकको क्रसरको गिट्टी, बालुवा र जय हार्डवयरबाट किनेको एडभान्स ब्राण्डको सिमेन्ट प्रयोग गरेर पौडेलले केही दिनयता बेनीका अन्य निजी घर ढलान गर्नुभएको छ ।

आफूले गरेको ढलान भने जमेको पौडेलले बताउनुभयो । कडेलको घर निर्माण गर्ने जिम्मेवारी लिएका निर्माण ब्यवसायी प्रेम राई १२ वर्षदेखि यस क्षेत्रमा काम गर्छन् । अहिलेसम्म ढलानमा यस्तो समस्या नदेखिएको उहाँको भनाई छ । प्राबिधिकहरुका अनुसार सिमेन्ट, बलुवा र गिट्टीको कमशल गुणस्तरका साथै निर्माण सामग्रीको अनुपात नमिलाउँदा ढलान जम्दैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...