टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन

Gandaki Ghumau

बेनी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोटको हरिमुल कृषि तथा पशुपंक्षी कृषक समूह मार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आवद्ध समूह मार्फत एक सय ४० रोपनी भन्दा बढी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती भएको जानकारी दिनुभयो ।

“समूहमा आवद्ध नभएका कृषकहरुलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेला लगायत तरकारी खेती भएको छ,” उहाँले भन्नुभयो “पकेट कार्यक्रम मार्फत कृषकहरुलाई अनुदानमा विउ, कृषि औजार र प्रविधी सहयोग गरेका छौ ।”

Shreekrishna

गाउँपालिकाको रु. ११ लाख ९९ हजार तीन सय २२ र कृषकहरुको रु. आठ लाख ५४ हजार आठ सय ९८ गरि कुल रु. २० लाख ५४ हजार दुई सय २१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । सिचाई सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।

Gunasthariya Shiksya

आठ वटा पलास्टिक घर निर्माण, चार वटा मिनिटेलर हलो, पाँच वटा तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिचाई ड्रम, दुई हजार चार सय मिटर पाईप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, दुई सय वटा क्रेट, नौ वटा थोपा सिचाई सेट, एक सय ४० थान स्पिङकल, ९८ किलोग्राम लुज पाइप र एक सय वटा सिड ट्रे वितरण गरिएको छ ।

रु. एक लाख ३५ हजारको विउ, रु. एक लाखको सुष्म तत्व र जैविक मल, रु. एक लाखको बिषादी र रु. तीस हजार बराबरको दुई सय किलोग्राम पिटमस वितरण गर्नुका साथै तीन दिने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भएको थियो ।

उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमुल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताउनुभयो । टिकोटका कृषकहरुले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङमा बिक्री हुने गर्छ ।

दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु. छ लाख बजेट प्रस्ताव गरिएको छ । कार्यक्रमको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन टोलीले हालै अनुगमन गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...