सोलेडाडामा मालिका र तमानखोलाको सिमा बिवाद

Gandaki Ghumau

बेनी, । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडाको विषयमा दुई स्थानीय तहको सिमा बिवाद सतहमा आएको छ ।

दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाडा दुई वटै स्थानीय तहको वडा नं.–४ को सिमानामा पर्छ । प्राकृतिक सौन्दर्यले निकै लोभलाग्दो रहेको यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरूको गन्तव्य हुँदै आएको छ ।

शोलेडाँडामा तमानखोला गाउँपालिका बागलुङले शहिद स्मृति पार्क, चौतारी, लव पोखरी पानी धारा, शौचालय लगायतको संरचना निर्माण गरिसकेको छ भने मालीका गाउँपालिका म्याग्दीले संरचना थप गर्न थालनी गरेको छ ।

Shreekrishna

केही दिन अगाडि मात्रै मालीका गाउँपालीका म्याग्दीले आफ्नो सिमाक्षेत्र दाबी गर्दै पक्की गेट निर्माण कार्य थालनी गरेकोमा तमानखोला गाउँपालिका वडा नं.४ लाम्मेलाले उक्त गेट निर्माण स्थल म्याग्दीको नभएर बागलुङको भएको दाबी गर्दै अवरोध गरेको थियो ।

बागलुङले अवरोध गरेको केही दिन पश्चात् गत जेठ ३१ गते म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका बैठक शोलेडाँडामा सम्पन्न गर्दै उक्त स्थानमा पुनः गेट निर्माणको काम अगाडि बढाएसँगै उक्त सिमानाको विषय थप विवादास्पद भएको हो ।

Gunasthariya Shiksya

सिमाना विवाद समाधानमा दुवैपक्षबिच सहमति नहुँदा बिहिबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा दुई पक्षबिच छलफल भएको थियो । छलफलमा सिमाना विवादको विषयमा समझदारी, समन्वय र कानुनी प्रक्रियाबाट समाधानको बाटो खोज्ने भन्दै दुवै जिल्लाका समन्वय प्रमुख, प्रजिअ, सुरक्षा प्रमुख र दुवै पालिकाका जनप्रतिनिधिबिच छलफल भएको थियो ।

बैठकमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले नापी विभागको नक्साको आधारमा सोलेडाडा म्याग्दीको भुगोलमा पर्ने दावी गर्नुभयो । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भोगचलन गरेको आधारमा सोलेडाडा बागलुङमा पर्ने दावी गर्नुभयो ।

दुई वटै स्थानीय तहबीच सहमति नभएपछि असार १६ गते थप छलफल गर्ने निर्णय भएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो । तमानखोला गाउँपालिका हुदै सोलेडाडातर्फ संघीय र प्रदेश सरकारको रु. ३० करोड बजेट साझेदारीको योजना शुरु हुदैछ् ।

मालिका गाउँपालिका ३ अदिभारा देखि डाडागाउँ हुदै सोलेडाडा जोड्ने रु. १० करोड बजेटको सडक स्तरोन्नति योजना कार्यान्वयनमा छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि सोलेडाँडा धेरैको रोजाइमा पर्न थालेको छ । उक्त स्थानबाट बागलुङ र म्याग्दीका धेरै गाउँसँगै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने गरेको स्थानीयको भनाई छ । उक्त स्थानममा तमानखोला गाउपालीका बागलुङले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित जनयुद्धमा तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...