जलजलामा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु नष्ट

Gandaki Ghumau

म्याग्दी, ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु र हानिकारक मदिरा मंगलबार नष्ट गरिएको छ ।

गत जेठ १ देखि विभिन्न मितिमा १४ दिनसम्म गाउँपालिकाको नौ वटै वडाको टोल टोलमा पुगेर चार सय दुई वटा पसल अनुगमन गर्दा भेटिएको रु. दुई लाख मूल्य बराबरको १० किसिमका स्वास्थ्यका लागि हानिकारक पलास्टिकजन्य मदिरा र ७० किसिमका खाद्यान्न नष्ट गरिएको हो ।

लामाखेतमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत जनप्रतिनिधी, पर्वत उद्योग वाणिज्य संघ जलजला इकाई, सामाजिक संघ संस्थाका प्रतिनिधी र सुरक्षाकर्मी तथा सञ्चारकर्मीको रोहबरमा जफत गरिएको सामान आगोले जलाएर खाडलमा पुरी नष्ट गरिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

अनुगमनका क्रममा ७९ वटा पसल कुनै पनि निकायमा दर्ता नभएका र ७० वटा पसलमा म्याद नाघेका खाद्य सामानहरु बरामद भएको जलजला गाउँपालिकाका व्यवसाय प्रर्वद्धन अधिकृत रघुनाथ चापागाईले जानकारी दिनुभयो । सबैभन्दा बढी स्वास्थ्यका लागि हानिकारक मानिएको पलास्टिकका पोका र बोतलमा प्याकीङ गरिएको विभिन्न किसिमका ६२ कार्टुन ४७ गोटा मदिरा बरामद र नष्ट गरिएको छ ।

म्याद सकिन लागेको र सकिएका खाद्य तथा पेय पदार्थ डिलरहरुले ग्रामिण क्षेत्रका बिक्रेताकहाँ पठाउने गरेको पाइएको अधिकृत चापागाईले बताउनुभयो । उपभोक्ता र ब्यवसायीलाई सचेत बनाउने उद्देश्यले सुरु गरिएको बजार अनुगमनलाई निरन्तरता दिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । अनुगमनका क्रममा व्यवसायीलाई सचेत बनाएको र नमुनाका रुपमा म्याद नाघेका सामान जफत गरिएको उहाँले बताउनुभयो ।

वडा नं.– ४ का वडा अध्यक्ष भरत क्षेत्रीले बजारका डिलरले म्याद सकिन लागेका सामान गाउँका पसलमा पठाउने गरेको पाइएकाले बजार अनुगमनलाई मासिक रुपमा सञ्चालन गर्ने तयारी भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले जनस्वास्थ्यको हिसाबले प्रतिकुल सामग्रीको बिक्रीबितरण नियन्त्रण गर्न बजार अनुगमन गरिएको बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघ जलजला इकाईका अध्यक्ष हिराबहादुर जिसीले दर्ता गरेर ब्यवसाय दर्ता गर्न र अखाद्य बस्तु बिक्री नगर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभएको ।

जलजलाको नगर प्रहरीका असई इन्द्रबहादुर बरुवालले पलास्टिकको पोका र बोत्तलमा पाइने मदिराका कारण सामाजिक, आर्थिक असर परेको भनेर अनुगमनका क्रममा महिलाहरुले गुनासो गरेका बताउनुभयो । हिमशुसेली युवा क्लवका अध्यक्ष सागर लामीछानेले जलजला गाउँपालिकाले शुरु गरेको सकारात्मक कार्यमा सामाजिक संघ संस्थाको पनि साथ रहने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...