लुुलाङमा टेलिकमको मोवाइल फोन सेवा विस्तार

Gandaki Ghumau

म्याग्दी, ः सरकारी स्वामित्वमा रहेको दुुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुुलाङमा मोवाइल फोन सेवा विस्तार गरेको छ ।

नेपाल टेलिकमले धवलागिरी गाउँपालिका–२ खोरियाको नयाँ बनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोवाइल फोन सेवा विस्तार गरेको हो ।

धवलागिरी गाउँपालिकाको खोरीया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरी गाउँपालिका–२ लुुलाङका वडा अध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“मुदीमा रहेको विटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्य चौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो,” उहाँले भन्नुभयो “मोवाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदानप्रदानका साथै स्थानीयबासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।”

गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भएपनि विद्युत सुविधाको अभावमा सञ्चालन हुुन सकेको थिएन् । नेपाल विद्युत प्राधिकरणले गत हप्ता केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो ।

टावर सञ्चालनका लागि स्थानीयबासी र गाउँपालिकाले खोरीयामा उपकरण राख्ने घर बनाएका छन् । खोरीया क्षेत्रमा एनसेल लगायत निजी क्षेत्रका कम्पनीहरुको मोवाइल सेवा उपलब्ध छैन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...