रेलेखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ ।

ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षणका लागि यसै हप्तादेखि विद्युत उत्पादन शुरु गरेको हो । विद्युतगृहमा रहेको दुई वटा मध्य एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परिक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परिक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।

“नेपाल विद्युत प्राधिकरण, परामर्शदाता, प्रर्वद्धक र ठेकेदारका प्राविधिकहरुको संयुक्त टोली परिक्षण कार्यमा खटिएको छ,” उहाँले भन्नुभयो “परिक्षण सफल भएपछि व्यवसायिक विद्युत उत्पादन सुरु गर्छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।

रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।

रु. एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...