मराङ र मल्कवाङमा अस्थाई परिवार नियोजन शिबिर

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र मल्कवाङ अस्थाई परिवार नियोजन शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार मराङ र बिहीबार मल्कबाङ स्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

मराङका दश र मल्कवाङमा १५ जनालाई इम्पलान्ट सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक सम्झना खाती क्षेत्रीले जानकारी दिनुभयो । महिलाहरुको पाखुरामा राखिने इम्पलान्टले ५ वर्षसम्म गर्भ हुनबाट रोक्छ ।

Shreekrishna hardwear in news
khali

स्वास्थ्य संयोजक क्षेत्री, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजा, मल्कवाङ स्वास्थ्य चौकीका प्रमुख जगदेवी छन्त्याल, ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रुपा खत्री लगायत स्थानीय स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

परिवार नियोजनको बिषयमा परामर्श सेवा समेत दिइएको थियो । यसैगरी मुदीमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी बनाउन दक्ष प्रसुतिकर्मीहरुका लागि तीन दिने स्थलगत क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।

बेनी अस्पतालकी नर्स मनरुपा गौतमले सहजिकरण गर्नुभएको तालिम मुदीका वडा अध्यक्ष बेगप्रसाद गर्बुजाको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । शर्सत अनुदानको बजेटबाट शिविर र तालिम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक खत्रीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...