आणबिक हतियार निषेध सन्धी अनुमोदन गर्न माग गर्दै धर्ना

Sinchai Khanipani notice

बेनी,। मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले बिहीबार आणबिक हतियार निषेध सन्धीमा गरेको हस्ताक्षर सिघ्र अनुमोदन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना बसेका छन् ।

७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिबसका अवसरमा समाजको देशब्यापी कार्यक्रम अनुसार दिउँसो १२ बजेदेखि ३० मिनेट बेनीको प्रशासन कार्यालय अगाडी धर्ना बसेका हुन् । आणविक अस्त्रको विश्वब्यापी उन्मुलनका लागि नेपालले गरेको सन्धी सरकारले अनुमोदन गर्नुपर्ने लगायत १० बुदे माग सहित धर्ना बसेका थिए ।

“आणबिक अस्त्र रहेसम्म यो प्यारो घर्तिमा कोही सुरक्षित छैनन्” भन्ने मुल नाराका साथ आयोजना गरिएको धर्नामा सहभागिहरुले अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, पाकिस्तान, उत्तर कोरीया र इजरायलले भण्डारण गरेको आणबिक अस्त्र नष्ट गर्न विश्वब्यापी रुपमा दवाव सिर्जना गर्नुपर्ने बताएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

समाजका निबर्तमान केन्द्रीय बरिष्ठ उपसभापति तथा धर्ना कार्यक्रमका संयोजक राम्जीप्रसाद सुबेदीले आणबिक हतियार अहिले बिश्वब्यापी महामारी बनेको कोरोना (भाइरस) भन्दा पनि ठूलो जोखिम भएकाले यसलाई तत्काल नष्ट गर्नुपर्न बताउनुभयो ।

निबर्तमान शाखा सभापति मुक्तिप्रसाद ढुङ्गानाले विश्व शान्तिको मुख्य चुनौति आणबिक हतियार भएकाले यसलाई नष्ट गर्न आणबिक अस्त्र सञ्चय गरेका देशहरुलाई दबाव सिर्जना गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

शाखा सभापति नवराज पौडेलको नेतृत्वमा भएको कार्यक्रममा सचिव हरिप्रसाद पौडेलले आणबिक अस्त्रको इतिहास, असर र नष्ट गर्नुपर्ने आवश्यकताको बिषयमा समाजको अबधारणापत्र बाचन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...