घराम्दीका कुशलले जिते अन्नपूर्ण म्याराथुनको उपाधी

Gandaki Ghumau

नारच्याङ, अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ औ वार्षिकोत्सवको अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधी अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित्नुभएको छ ।

चार हजार ९१ मिटर अग्लो अन्नपूूर्ण आधार शिविर देखि अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ गाउँ सम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेण्डमा ३६ किलोमिटर दुरी पार गरेर पुुर्जा बिजयी हुनुभएको हो ।

अन्नपूूर्ण गाउँपालिका–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जय बहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेण्डमा निर्धारित दुुरि पार गरेर दोस्रो र तेस्रो हुनुभएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

अन्नपूूर्ण आधार शिविरबाट बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरुको सहभागिता थियो । बिजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपबिजेता २४ वर्षिय बरुवाल नेपाली सेनाका जवान हुन् ।

बिजेता, उपबिजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेशीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु. ५० हजार, ३० हजार र २० हजार पुुरस्कार प्रदान गरिने अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

अन्नपूूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पुुरा भएको अवसरमा मंगलबार महोत्सव मनाइदैछ ।

महोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला संग्राहलय उद्घाटन र आरोहीहरुको शालिक अनावरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको साथमा संकृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रि पाण्डे, उर्जा, सिचाई तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा लगायत पनि महोत्सवमा सहभागी हुुन आधार शिविर र नारच्याङ गाउँमा आउने कार्यक्रम छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...