‘माइतीघर’ को छायांकन सकियो

Gandaki Ghumau

बेनी, । म्याग्दीमा चलचित्र ‘माइतीघर’ को छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीले दुई वटा गीत बाँकी राख्दै अरू सम्पूर्ण छायांकन ३२ दिनमा सकिएको जानकारी दिनुभयो ।

यो चलचित्रको छायांकन म्याग्दीका विभिन्न स्थानमा गरिएको हो । धवलागिरी गाउँपालिका–७ ताकम, मंगला गाउँपालिका–२ बाबियाचौर र सिममा चलचित्रको छायांकन भएको छ ।

‘जे सोँचेका थियौं, त्यो भन्दा सहज र राम्रो गरी छायांकन भयो,’ निर्माता अधिकारीले भन्नुभयो, ‘कतिपय फिल्ममा स्क्रिप्टमा भएजति खिच्न सक्दैनौं । यसमा धेरै कुरा स्क्रिप्टमा भएभन्दा राम्रो भएको छ । लोकेसन, दर्शकको क्राउडको सन्दर्भमा पनि सोचेको भन्दा धेरै राम्रो भयो ।’

Shreekrishna
Gunasthariya Shiksya

अन्य छायांकन सकेर अहिले ‘बसन्त नै बस्न खोज्छ यहाँ’ बोलको पुरानो कालजयी गीतको छायांकन चल्दैछ । पुरानो फिल्म ‘माइतीघर’ को शीर्ष गीत समेत यो फिल्ममा रि–क्रियसन गरेर समावेश गरिँदैछ ।

अन्य दुई गीतको छायांकन पनि केही दिनमा हुने निर्माता अधिकारीले बताउनुभयो । अब केही समयमै पोस्ट प्रोडक्सनमा लाग्ने उहाँले बताउनुभयो ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा मिलन तामाङ निर्देशित यो फिल्ममा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, पुश्कर गुरूङ, रजनी गुरूङ लगायत कलाकारहरूको अभिनय छ ।

निर्मातामा रविन शेरचन र धिरज तामाङ छन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । चन्द्रबहादुर दोङको कथा, रामशरण पाठकको पटकथा र संवाद रहेको फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन् । फिल्म ‘माइतीघर’ दसैंको फूलपातीको दिन रिलिज हुनेछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...