लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

Gandaki Ghumau

बेनी, । बेनीमा बिहिबार सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ ।

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी जितेका हुन् ।

११ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासिय मा.वि. द्धितीय र न्यू वेष्ट प्वाइन्ट आवासिय मा.वि. तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक कपिल बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुन सफल समूहलाई नगद रु. १८ हजारको साथमा रनिङ्ग कप, ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

त्यसैगरि द्धितीय र तृतीय हुन सफल समूहलाई क्रमश नगद रु १२ हजार र ८ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा बेनी बोडिङका सिरिया पुन उत्कृष्ट डान्सर र उत्कृष्ट कोरियाग्राफरमा माउण्ट एभरेष्टका मोहित परियार घोषित भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, शाखा अध्यक्ष विनोद घर्ति क्षेत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भण्डारीले युवाहरुको व्यक्तित्व विकास संगै जेसीजले समाजको नेतृत्व गर्न सक्ने सक्षम युवा उत्पादनमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष खत्री र म्याग्दी जेसीजका संस्थापक अध्यक्ष श्रेष्ठले म्याग्दी जेसीजले विद्यार्थीहरुलाई केन्द्रिय गरेर आयोजना गर्ने साँस्कृतिक र खेलकुद प्रतियोगिताहरुले जिल्लामा खेलकुद र कला संस्कृतिको विकासमा टेवा पु¥याएको चर्चा गर्नुभएको थियो ।

शाखा अध्यक्ष क्षेत्रीको अध्यक्षता, जेसीज सप्ताहका मूल संयोजक सज्जन श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक कपिल बानियाँ तथा सहसचिब गोकुल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा जेसीज सप्ताह अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता, मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच, बेनी नगरपालिका ४ तातोपानीमा प्रभाबकारी उद्घोषणकला तालिम, अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल सम्पन्न भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...