अबैध बालुवा ओसार पसार गर्ने दुई वटा टिप्पर सशस्त्रको नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी । अबैध रुपमा बालुवा ओसार पसार गर्ने दुई वटा टिप्परलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित ओमकारेश्वर कन्ट्रक्सनको अस्थाई क्रसर उद्योगबाट बिक्रीका लागि बालुवा बोकेर गलेश्वर ल्याइएको टिप्परलाई चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहायक ठेकेदार ओमकारेश्वरले बेगखोलामा सडक निर्माणका लागि आवश्यक कच्चा पदार्थ आपुर्ति गर्न अस्थाई क्रसर उद्योग सञ्चालन गरेको छ । अनुमति विपरित बिक्री प्रयोजनका लागि लैजान लागिएको बालुवा सहित टिप्परलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलको गलेश्वर स्थित आश्रित गुल्मका डिएसपी हरिबहादुर गुरुङले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ना८ख४२०८ र ना८ख४२०७ नम्बरको टिप्पर तथा चालुक सफल मोक्तान र पासङ घिसिङलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी साधन, चालक र बालुवालाई कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले भने गलेश्वरका स्थानीयबाट आफुले सापटी लगेको बालुवा पु¥याउन आएका टिप्पर नियन्त्रण गरिएको प्रतिक्रिया दिनुभयो । ‘गलेश्वरको मदरल्याण्ड होटलको छेउमा घर बनाउन लाग्नुभएका स्थानीयलाई सापटी लगेको बालुवा फिर्ता गर्ने टिप्पर आएको बेलामा समातिएछन्,’ उहाँले भन्नुभयो ‘बिक्री गर्ने उद्देश्यले त्यस्तो गरिएको होइन् ।’

म्याग्दीमा पछिल्लो केही समययता जलबिद्युत, सडक आयोजनाको नाममा अस्थाई क्रसर स्थापना गरेर जथाभावी नदी दोहन गर्ने र अनुमति विपरित नदीजन्य बस्तु बेचबिखन गर्ने गरेको जनगुनासो बढेको छ ।

सशस्त्र प्रहरी नदीजन्य पदार्थको अबैध दोहन र चोरी निकाशीका विरुद्ध सक्रिय देखिएको छ । केही समयअघि बेनी नगरपालिका–५ बगुवाखोला स्थित जिसी क्रसस उद्योगले डोजर प्रयोग गरेर गरेको उत्खनन कार्यलाई पनि सशस्त्रको टोलीले रोकेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...