बेनी खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरणका गर्ने संरचना निर्माण

Gandaki Ghumau

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरण गर्ने संरचना निर्माण भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बराहपाखोमा पानी शुद्धिकरण गर्ने नौ लाख लिटर क्षमताका तीन वटा टंकी निर्माण गरेको हो । वि.स. २०७८ असोजमा रु. दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी एमएस प्याराडाइजले संरचना निर्माण सम्पन्न गरेको आयोजना कार्यालयले जनाएको छ ।

बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश गिरिले निर्माण सकिएको पानी शुद्धिकरण गर्ने टंकीहरुमा पानी हालेर परिक्षण गरिएको र निर्माण कम्पनीले हस्तान्तरण गरेपछि नयाँ संरचना मार्फत पानी वितरण शुरु गर्ने जानकारी दिनुभयो ।

Shreekrishna

“मुहान देखि मुखसम्म शुद्ध र सफा खानेपानी आपुर्ति गर्ने उद्देश्य अनुसार मुहानदेखि ल्याएको पानीलाई दुई चरणमा शुद्धिकरण गरेर उपभोक्ताकहाँ पठाउने संरचना तयार गरेको हो,” उहाँले भन्नुभयो “नयाँ संरचना सञ्चालन भएपछि बेनी बजारमा चौबीसै घण्टा नियमित खानेपानी वितरण गर्न सहजे हुनेछ् ।”

Gunasthariya Shiksya

नयाँ संरचनाहरुको खानेपानी तथा ढल विभागको टोलीले मंगलबार अनुगमन गरेको थियो । मुहानबाट पाइपलाइनबाट आउने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताको सेडिमेन्टेसन ट्याङ्कीमा खसाल्ने र छ वटा सेक्सन भएको छ लाख लिटर क्षमताका दुई वटा स्लो स्याण्ड फिल्टर हुदै रिजर्भ टंकीमा पठाएर वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

सेडिमेन्टेसन र स्लो स्याण्ड फिल्टरले पानीलाई भौतिक, जैविक र रासायनिक प्रदुषण मुक्त बनाउने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका इञ्जिनियर नविन सुवेदीले बताउनुभयो ।

नयाँ संरचना निर्माण भएपछि स्लो स्यान्ड फिल्टरमा नौ लाख ४४ हजार लिटर, रिर्जभ भ्वायर ट्याङ्कीमा पाँच लाख ७५ हजार लिटर र सेडिमेन्टेसन ट्याङ्कीको क्षमता सात लाख लिटर पुगेको छ । यी संरचनाहरुमा प्रति सेकेण्ड ३० लिटर पानी प्रसोधन र वितरण गर्ने क्षमता छ ।

वि.स. २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार दुई सय १६ घरमा बसोबास गर्ने २५ हजार जनसङख्याका लागि खानेपानी वितरण हुदै आएको छ ।

बेनीमा जनघनत्वसँगै खानेपानीको माग बढेकाले आपुर्तिलाई सहज बनाउन क्षमता विस्तार गरिएको हो । अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपुर्ति गरेर वितरण हुदै आएको छ । बेनीको मङ्गलाघाट स्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना पनि रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...