दिवंगत आमाको नाममा बिद्यालयमा प्रवेशद्धारा बनाउन सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिका एक व्यक्तिले दिवंगत आमाको नाममा स्थानीय मुक्तिधाम माविमा प्रवेशद्धारा बनाउन आर्थिक सहयोग गर्नुभएको छ ।

हाल बेल्जीयममा रहनुभएका भगवतिका राजेन्द्र कार्की (इन्द्र) र उहाँकी श्रीमति देवी कार्कीले आमा टिका कार्कीको वार्षिक पुण्य तिथि पारेर बुधबार बिद्यालयलाई पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

राजेन्द्रका दिदीहरु टुल्की भण्डारी र सर्बकुमारी भण्डारीले जिसस प्रमुख देवेन्द्र केसी, वडा अध्यक्ष रिम कटुवाल लगायतको उपस्थितिमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुबेदी र प्रअ अमर केसीलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

बिद्यालयले सहयोगदाता कार्कीपरिवारलाई धन्यवाद दिएको छ । दाताको सहयोगलाई सदुपयोग गरेर प्रवेशद्धारा बनाउने प्रअ केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...