रबीको माया के रैछ….?

Gandaki Pardesh notice

बेनी । प्रेममा भएको बिछाडको पिडालाई ब्यक्त गरिएको म्याग्देली कलाकार रबी कार्कीको लोक दोहोरी गित माया के रैछ ? को चर्चा चुलिएको छ ।

करिब एक हप्ताअघि कलाकार कार्कीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको माया के रैछको म्युजिक भिडियो बुधबार बिहानसम्म एक लाख छ हजार पटक हेरिएको छ । माया के रैछका टुक्कामा टिकटक पनि बनाइरहेका छन् ।

देवी घर्ति र गायक रबी कार्कीको आवाज रहेको यस गितमा प्रबिण खत्री ठुलेको शब्द रहेको छ । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाईलीको एरेञ्ज रहेको गितमा संगित स्वम कार्कीको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भिडियोमा जुना गुरुङ्ग, रबी कार्की, गंगा कडेल (मिलन), नारायण बास्तोला, सज्जन बोहोरा, जनिता खत्री लगायत कलाकारको अभिनय छ । स्मृति तिमिल्सीनाले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन प्रकाश धमला र कोरियोग्राफ गनेश सापकोटाको छ ।

दुई आँखा झै भो हाम्रो जुनी, सँगै रुनी भेट कहिल्यै नहुने जस्ता मर्मस्पर्षी शब्द चयन भएको गितको चर्चा चुलिएको छ । स्रोता, दर्शकको माया, सुझाव र प्रतिक्रियाले उत्साहीत भएको कार्कीले बताउनुभयो ।

हास्य कलाकार पृष्ठभुमिका रबी केही वर्षयता लोकगायनमा जम्नुभएको छ । बेनी बजार झर मायालु पछि माया के रैछ ल्याएका रबीले जाम सुस्तै सुस्तै लगायतका गितमा पनि स्वर दिनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...