मुहान बिवादले औला सिचाई आयोजना अन्यौलमा (भिडियो रिपोर्ट सहित )

Sinchai Khanipani notice

औला, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीले १७ रोपनी खेत बाझै राख्नुभएको छ । सिचाई सुबिधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको फगामीले बताउनुभयो ।

सुन्तलाका साथै मौसमी र बेमौसमी तरकारी खेती गर्ने औलाका दिपक पाइजाको पाँच वर्ष देखिको योजना कार्यान्वयन हुन सकेको छैन् । ‘गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ,’ उहाँले भन्नुभयो ‘सिचाइ नभएर हाम्रा खेतबारी बाँझै छन् ।’

डिलप्रसाद र दिपक जस्तै औलाका करिब डेढ सय घरधुरी कृषकले सिचाई सुबिधाको अभावमा अधिकांश खेतीयोग्य जमिन बाँझै राख्न बाध्य छन् । बर्खामा आकाशे पानी र मुलको पानीको भरमा धान खेती गर्छन् ।

Shreekrishna hardwear in news

खेति हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाएपनि आकाशबाट पानी नपरे न्युन मात्रामा उत्पादन हुन्छ । मुहान बिवादका कारण सिचाई आयोजना कार्यान्वयन नहुँदा औलाका कृषक निराश भएका छन् ।

औला सिचाई आयोजना निर्माण गर्न खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले गत असार महिनामा ठेक्का सम्झौता गरेको थियो । ५६ लाख ७१ हजार १४२ रुपैयाँमा भगवति मालिका कन्ट्रक्सनले २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का लिएको थियो ।

गत साउनमा मजदुर पठाएपनि मुहान बिवाद भएपछि फर्किएको र काम गर्न नपाएको भगवति मालिका कन्ट्रक्सनका सञ्चालक गोपालप्रसाद भट्टचनले बताउनुभयो । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयले अबरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिचाई आयोजना निर्माण सुरु हुन नसकेको हो ।

Bhautik ministry notice about road

दुई गाउँका टोल सुधार समितिको सम्झौता अनुसार रिमाको पुछारमा रहेको खोलाकाईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्बेक्षण भएको थियो । औला सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अबरोध गरिएको दुखेसो पोख्नुभयो ।

‘खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बाहना बनाउनुभएको छ,’ उहाँले भन्नुभयो ‘वातावरणीय र जैबिक बिबिधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौ भन्दा पनि दिनुभएन् । बास्तविक कुरा के हो बुझ्नै सकिएन् ।’

सिचाई आयोजना निर्माणमा अवरोध गर्नेहरु गाउँमा बस्दैनन् । काठमाडौ, पोखरा बस्ने र बिदेशमा भएकाहरुले बिरोध र अबरोध गरेपनि सिचाई आयोजनाको काम प्रभावित भएको हो । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका इञ्जिनियर बालकृष्ण बुढाथोकीले औला सिचाई आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिचाई सुबिधा पुग्ने बताउनुभयो ।

उहाँका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाईन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५ वटा शाखा पाइपलाइन बनाएर सिचाईका लागि पानी बितरण गर्ने योजना छ । चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

अन्नपूर्ण–७ का वडा अध्यक्ष गमप्रसाद फगामीले रिमाबासीलाई मनाएर सिचाई आयोजना निर्माणमा भएको अबरोध हटाउने बताउनुभयो । ‘औलामा कृषिको बिकासका लागि सिचाई प्रमुख आवश्यकता हो,’ उहाले भन्नुभयो ‘वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउछौ ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...