गौस्वारामा गोर्वद्धन महायज्ञ सम्पन्न

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा मंगलबार सम्पन्न गोर्वद्धन महायज्ञमा रु. एक करोड पाँच लाख आर्थिक संकलन भएको छ ।

गौस्वारामा गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गोर्वद्धनको मुर्ती निर्माण गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि महायज्ञ शुरु भएको थियो ।

१५ दिनसम्म सञ्चालन भएको महायज्ञमा रु. एक करोड पाँच लाख नगद र २४ रोपनी जग्गा सहयोग प्राप्त भएको आर्थिक संकलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिनुभयो ।

Shreekrishna

“बेनी नगरपालिका र वडा नं–२ का जनप्रतिनिधीहरुले गौस्वाराको पूर्वाधार निर्माणमा रु. १५ लाख बजेट बिनियोजन गर्ने घोषणा भएको छ,” उहाँले भन्नुभयो “महायज्ञ समापनकै अवसरमा थालिएको ३८ फिट अग्लो गोर्वद्धन पर्वतको मुर्ती निर्माण कार्य आगामी छ महिनाभित्र सम्पन्न गर्छौ ।”

बेनी नगरपालिका–२ का दिपक मल्लले गौशालाका लागि १७ रोपनी १४ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको हो । टाढाबाट पनि देख्न सकिने गरेर हिन्दु धर्मावलम्बीहरुका भगवान कृष्णले गोर्वद्धन पर्वत उचालेको मुर्ती निर्माण र आठ फिट अग्लो शंख राख्ने योजना छ ।

Gunasthariya Shiksya

मुक्तीनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना अनुसार सञ्चालन भएको महायज्ञ बेनीको भाषा मंका खलको सभाहलमा महाप्रसाद वितरण गरेर समापन गरिएको थियो । महायज्ञमा पण्डीत सुर्दशन बडालले कथा बाचन गर्नुभएको थियो ।

समुन्द्रि सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको गौस्वारा को पृष्ठभूमिमा हिमशृङखला छन् । यहाँबाट परापुर्व कालमा ऋषीमुनीहरुको तपोभूमी पौलत्स्य, गलेश्वर, हम्पाल देखिन्छ । म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिन्छ । धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल अवलोकन गर्न पाउनु गौस्वाराको विशेषता हो ।

गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवर आयुर्वेद औषधी तयार पार्न कच्चा पदार्थको रुपमा प्रयोग गर्ने योजना रहेको महायज्ञ आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले बताउनुभयो ।

गौस्वारा नजिकैको जंगलमा धेरै प्रकारका जडिवुटीहरु पाइन्छन् । जडिवुटीहरुको अनुसन्धान गरि प्रयोगमा ल्याउने अनुसन्धान केन्द्रको उद्देश्य हो । कमलनयनाचार्यको अगुवाईमा बागलुङको पञ्चकोट धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । पञ्चकोटसँगै गौस्वारालाई पनि धार्मिक पर्यटकीय गन्तब्य बनाउने कमलनयनाचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...