गुर्जामा जेसीजको पर्यटन प्रर्वद्धन

Gandaki Ghumau

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा म्याग्दी जेसीजले पहिलो पटक रचनात्मक गतिविधि गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा परिचित गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्र्धन, युवा सशक्तिकरणलगायतका रचनात्मक कार्यहरु गरेको हो ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको नेतृत्वमा पुगेका युवाहरुको समूहले गुर्जामा पर्यटन सूचना बोर्ड स्थापना गरेका छन् । गुर्जामा भ्रमण गर्न जाने पर्यटकहरुलाई तस्बिर खिचाउँदा गुर्जाको प्रचार प्रसारमा टेवा पगोस भन्ने उदेश्यले गुर्जा गाउँ अघिको डाँडामा उक्त बोर्ड स्थापना गरिएको हो ।

म्याग्दी जेसीजले गुर्जामा खेलकुदको विकासका लागि स्थानीय युवा क्लबलाई भलिबल, बास्केटवल, जाली,पम्प लगायतका खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेको छ । त्यसैगरी जेसीजले लायन्स क्लब अफ बेनी पिस सिटीसंगको सहकार्यमा गुर्जामा रहेको जनकल्याण माविमा रहेको पुस्तकालयको लागि विभिन्न ५ दर्जन पुस्तकहरु समेत उपलब्ध गराएको छ । विद्यालयमा रहेका विग्रिएका कम्प्युटरहरुको उक्त अवसरमा निशुल्क मर्मत समेत गरिएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya


त्यसैगरि गुर्जाका युवा र स्थानीयबासीहरुलाई म्याग्दी जेसीजले युवा सशक्तिकरण सन्दर्भमा तालिम दिएको छ । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले सहजीकरण गर्नुभएको थियो । उहाँले युवाहरु समाजको बलियो आधार हुने भएकाले समाजलाई युवाहरुले सहि बाटोतर्फ हिडाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले लुकेको गाउँको रुपमा परिचित गुर्जा पर्यटन विकासको हिसाबले सम्भावनायुक्त रहकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्तिले गुर्जाको पर्यटन प्रवद्र्धन, प्रचार प्रसार र गुर्जाका युवाहरुलाई शसक्तिकरणको लागि म्याग्दी जेसीजले पहिलो पटक गुर्जामा कार्यक्रम गरेको बताउँदै आगामी दिनमा समेत जिल्लाको दुर्गम र ग्रामीण भेगहरुमा जेसीजका अभियानलाई लैजान भूमिका खेल्ने बताउनुभयो ।

म्याग्दी जेसीजले पहिलो पटक गुर्जामा गरेको उक्त कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु खम थापा, विरेन्द्र श्रेष्ठ, सुमन बानियाँ लगायत म्याग्दी जेसीजका अन्य पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीज पहिलो पटक गुर्जामा विविध कार्यक्रम लिएर आएकोमा वडा अध्यक्ष झक छन्त्यालले धन्यबाद दिँदै आगामी दिनमा समेत गुर्जालाई उजागर गर्न र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न आग्रह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका महासचिब देवेन्द्र घिमिरेले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...