पोखरा स्पोट्र्स अवार्ड ः अरुणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

Gandaki Ghumau

जिल्ला भलिबल संघ म्याग्दीलाई उत्कृष्ट खेल संस्था

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’मा वर्ष खेलाडीको उपाधि अरुणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।
वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीन मध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरुणा शाही घोषित हुनुभएको हो । यसँगै म्याग्दीको रघुुगंगा गाउँपालिका ३ पिप्लेकी अरुणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो ।
यसैगरी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बन्नुभयो । अवार्डका साथ उहाँहरु दुबैले टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna


वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा पर्नुभएको थियो । पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ हुनुहुन्थ्यो ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गर्नुभयो । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा हुनुहुन्थ्यो । टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बन्नुभयो ।
उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उत्कृष्ट बन्न सफल सबैले अवार्ड सहित नगद रु ३५ हजार पुरस्कार पाउनुभयो ।
मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उहाँलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो ।
अवार्ड विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...