गुर्जाको डोप्ताखोलामा झोलुङ्गे पुल निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको डोप्ताखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

धवलागिरी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबिएसयु) मार्फत उपभोक्ता समितिले पुल निर्माण गरेका हुन् । गत आर्थिक वर्ष मा सुरु भएको पुल निर्माण कार्य सकेर समुदायलाई हस्तान्तरण गरिएको छ ।

हिमपात, कोरोना (भाइरस)को जोखिम, लकडाउन र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको पुल निर्माण कार्यलाई पूर्णता दिइएको छ । गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार ६७ मिटर लामो पुल निर्माणका लागि ४७ लाख ६८ हजार ४८ रुपैयाँमा सम्झौता भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुल निर्माणका लागि टिबिएसयुले लट्ठा र बुल्डअफ ग्रिप उपलब्ध गराएको थियो । स्टिल डेग गाउँपालिकाले खरिद गरेको हो । प्राबिधिक र सामाजिक परिचालनको काम गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो ।

पुल निर्माण भएपछि ३४० घरधुरीका एक हजार ५०३ जनसंख्या लाभान्वित भएका छन् । पुल बनेपछि खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सुरक्षित र सहज रुपमा आवत जावत गर्न पाएका छन् ।

धवलागिरी गाउँपालिकाको कास्काम खोलामा ३७ लाख रुपैयाँमा ५० मिटर र मुदीको देमुघाटमा ३४ लाख ३७ हजार रुपैयाँमा ७२ मिटर लामो पुल निर्माण सकिएको छ । मल्कवाङमा २८ लाख ७७ हजार रुपैयाँको लागतमा ६० मिटर र सिम्कोशको जुरकुश खोलामा ३६ लाख ७४ हजारको लागतमा ३२ मिटर लामो ट्रस निर्माणको अन्तिम चरणमा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...