दरवाङमा आँखा उपचार शिविर सम्पन्न, करिब सात सय जना लाभान्वित

Gandaki Ghumau

७४ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा सात सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

अपर म्याग्दी हाइड्रो लिमिटेडको आर्थिक, हिमालयन आँखा अस्पताल पोखरा र नेत्रज्योती संघ म्याग्दीद्धारा सञ्चालित आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा मालिका गाउँपालिका र पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।

Shreekrishna

शिविरमा सात सय १४ जनाले सेवा लिएका आँखा उपचार केन्द्र म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाले जानकारी दिनुभयो । ७४ जना मोतियाबिन्दुका बिरामीको निशूल्क शल्यक्रिया पनि गरिएको उहाँले बताउनुभयो ।

Gunasthariya Shiksya

हिमालयन आँखा अस्पताल पोखराका नेत्र चिकित्सक डा. हरिबिक्रम अधिकारी, बाह्य कार्यक्रम संयोजक सुवास नेपाल, नेत्र अधिकृत बानिया, दरवाङ आधारभूत अस्पताल र मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण, परामर्शका साथै निशूल्क चश्मा र औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको दरवाङ उपशाखाले व्यवस्थापन गरेको शिविरमा मालिका, धवलागिरी, मंगला गाउँपालिका र बेनी नगरपालिकाका सर्वसाधारणले सेवा लिएका छन् । यसअघि गत हप्ता धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङ, मुना र धारापानी तथा बेनी नगरपालिकाको अर्थुङ्गेमा गरिएको आँखा उपचार शिविरमा करिब नौ सय जनाको आँखा परिक्षण भएकोमा ३२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका थिए ।

३२ जना मध्य २० जनाले दरवाङको शिविरमा आएर मोतियाबिन्दुको शल्यक्रिया गरेका नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले जानकारी दिनुभयो । शिविरबाट ग्रामिण क्षेत्रमा रहेका आँखाका बिरामीहरु पहिचान गरि उपचारमा पहुँच, बर्षौपछि आँखाको ज्योति फर्किदा दैनिकी सहज हुनुका साथै आँखा स्वास्थ्यको विषयमा जनचेतना वृद्धिमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

जिल्लामै मोतियाबिन्दुको शल्यक्रिया हुँदा पोखरालगायत सहरमा पुग्दा हुने खर्च र समयको बचत भएको छ । गुमेको आँखाको ज्योति फर्किदा सर्वसाधारणहरुले खुसी व्यक्त गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...