लैङ्गिक हिंसा र कुरिति बिरुद्ध नाट्य प्रस्तुति

Gandaki Pardesh notice

बेनी,। म्याग्दीका युवाहरुले सोमबार बेनीमा लैङ्गिक हिंसा र सामाजिक कुरिति बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन गरेका छन् ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत युवा सूचना केन्द्रमा आवद्ध युवा युवतिहरुले “हिंसाको ७ औ रङ्ग” शिर्षकको नाटक प्रर्दशन गरेका हुन् । नाट्य प्रस्तुतिमा संगम म्याग्दी र नेपाल युवा परिषद् म्याग्दीले समन्वय गरेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सात प्रदेश सहित नेपालको नक्सा बनाएर त्यसभित्र फरक फरक हिंसा, विभेद र कुरितिका कारण महिला तथा बालबालिकाले भोग्नुपरेका समस्यालाई प्रस्तुत गरेका थिए । हिंसाबाट व्यक्ति, परिवार, समाजमा परेको असरलाई नाटकमा प्रस्तु गरिएको युवा सूचना केन्द्रकी सदस्य रञ्जना श्रेष्ठले बताउनुभयो ।

घरेलु हिंसा, बालबिवाह, कामदार महिलाको समस्या, बलात्कार, एसिड आक्रमण, बोक्सी प्रथा र आत्महत्या बिरुद्ध सन्देश दिन खोजिएको थियो । रञ्जना श्रेष्ठको संयोजकत्वमा प्रस्तुत गरिएको नाटकको चन्द्रप्रकाश बुढामगरले निर्देशन गर्नुभएको हो ।

नेपाल युवा परिषद् र युवा सूचना केन्द्र मार्फत म्याग्दीमा बालबिवाह, लैङ्गिक हिंसा र सामाजिक कुरितिको समस्या न्युनीकरणका लागि विभिन्न सन्देशमुलक कार्यक्रम सञ्चालन हुदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...