बेनी- जोमसोम -कोरला सडकको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र

Gandaki Ghumau

बेनी, ः चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयसँग विसं २०७४ मा शर्मा युनाइटेड जेभीले रु. ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक सुमन भट्टराईका अनुसार राहुपारे– बैसरी– कुनौटा– बेगखोला– कालीओडार– तिप्ल्याङ– महभिर– भिरकाटे– घार बैसरी – रातोपानी – पोखरेबगर – भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र सकिएको छ ।

Shreekrishna

“पहिरो, नदी कटान र बाढीको समस्याग्रस्त चमेरे, बैसरी, माझखर्क, भिरकाटे, कुनौटा, टिम्मुरेभिर, भुरुङभिर, तातोपानी कुण्ड र नागढुङ्गामा करिब पाँच किलोमिटर क्षेत्रलाई ठेक्काबाट हटाइएको छ,” उहाँले भन्नुभयो “तिल्केनीचौर, घुमाउनेताल र नौलीबगर खण्डमा थप करिब आठ सय मिटर सडक कालोपत्र गरेर चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने तयारीमा छौ ।”

Gunasthariya Shiksya

भिओ (भेरियसन अर्डर) गर्दा सम्झौता भएको रु. ६६ करोडमा २० प्रतिशत लागत बढेको योजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । कुनौटो–राहुपारे खण्डको चार किलोमिटरमा वि.स. २०७७ मा, महभिर–पोखरेबगर–तातोपानी खण्डको पाँच किलोमिटरमा गत वर्ष र कुनौटा–तिप्ल्याङ खण्डको पाँच किलोमिटरमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको हो ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण वि.स. २०७७ असार देखि २०८० मंसिर महिनासम्म यो खण्डमा सडक निर्माण सुस्त बनेको थियो ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...