अक्सिजन सिलिण्डरको पर्खाईमा धन बहादुर

Sinchai Khanipani notice

दर्पण रोका मगर
बरंजा, । अग्सिजन बिना जिब बाच्ने कल्पना गर्न सकिदैन । झन त्यसै माथी दम र फोक्सोको रोग लागेमा मानिसलाई बचाउन कृतिम ग्यास सिलिन्डर को आवश्यकता पर्छ ।

निम्न बर्गीय परिवार हुनु र ग्यास सिलिण्डरलाई महङ्गो पर्न जानु समस्याको बिषय भैहाल्यो । करिब ६ बर्ष देखि यस्तै समस्याबाट गुज्रीरहनु भएको छ धनबहादुर कामी । मङ्गला गाउपालिका–३ बरङ्जा झाक्रीपानीका कामी फोक्सो रोग बाट ग्रसित हुनुहुन्छ ।

उहालाई स्वासप्रस्वासमा समस्या भैरहन्छ । एउटा सिलिण्डरको मुल्य २५ सय रुपैयाँ भन्दा माथी पर्ने, १५ हजार धरौटी राख्नु पर्ने र घरमै ढुवानी नहुने समस्या बाट आजित भएका धनबहादुर ईलोक्ट्रेनिक अग्सिजन सिलिण्डर किन्न चाहानुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिद्युत बाट निरन्तर चल्ने र अत्यन्तै सहज हुने उक्त बिद्युतीय सिलिण्डरको मुल्य १ लाख १० हजार पर्ने डाक्टरहरुको भनाई छ । ‘सहज हुन्छ भनेर के गर्ने यत्रो पर्ने मेसिन हामी किन्न त के कल्पना गर्न सक्दैनौ यो अबस्था हाम्रो छैन,’ धनबहादुरका जेठा छोरा नरबहादुर बिकले भन्नुभयो

जे जस्तो भएता पनि बिभिन्न संघ सस्था ब्यक्ति हरुलाई गुहार मागिरहेको उहाको भनाई छ । उहाले वडा, गाउपालिका जिल्लाको परोपकारी सस्था ओम कुमारी शान्तिकोष तथा बिभिन्न ब्याक्ती हरुलाई हारगुहार मागेको परिवार श्रोतले जनाएको छ ।

‘हामिले गर्दा कसैको ज्यान बाच्दछ भने हामी सहयोग गर्न तयार छौ,’ गाउपालिका अध्यक्ष सतप्रसाद रोकाले भन्नुभयो । उहाको दैनिकिलाई सहज बनाउन र कसैको जिबन बचाउन हामी सबैले सकेको सहयोग किन नगर्ने ?

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...