अर्मनमा एक घर एक धारा सहितको खानेपानी आयोजना

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँच वटा खानेपानी आयोजना सञ्चालन भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदान सहित कुल रु. दुई करोड ८४ लाख ६४ हजार एक सय २२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु. एक करोड ७९ लाख ६४ हजार एक सय २२ को लागतमा निर्माण भइरहेका चार वटा आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने एक वटा योजनाबाट ९० धारा मार्फत खानेपानी वितरण गरिने जानकारी दिनुभयो ।
“पाँच वटै योजना चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित धमाधम निर्माण भइरहेका छन्,” उहाँले भन्नुभयो “प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण हुन्छ ।”

Shreekrishna
Gunasthariya Shiksya

नेवा मार्फत रु. ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा, रु. २९ लाख ९२ हजार सात सय ३९ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा, रु. ६४ लाख ६२ हजार नौ सय १२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र रु. ३६ लाख ८६ हजार आठ सय ७० लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

कादुरी संस्था मार्फत रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने भएको छ । नेवा मार्फत कार्यान्वयन हुने योजनाहरुमा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ । घरघरमा खानेपानी धाराका साथै भाडा धोएपछि सुकाउने पक्कि चाङ पनि बनाइनेछ् ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरी मार्फत ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मङ्गला गाउँपालिका–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकोमा घरमै निजी धारा भएपनि समयको बचत, सहज र सुविधा हुने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...