म्याग्दीमा नौ महिनामा ५९ प्रतिशत बजेट खर्च, पुँजिगत खर्च कमजोर

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ७ वैशाख ः चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा म्याग्दीमा रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले कुल ५९ दशमलब ३८ प्रतिशत बजेट खर्च गरेका छन् ।

संघीय र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने अनुदान सहित रु. चार अर्ब ८९ करोड ९० लाख ५० हजार चार सय १७ बिनियोजन भएकोमा साउन देखि चैत महिनासम्म रु. दुई अर्ब ९० करोड ८६ लाख १९ हजार सात सय २७ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख कोष नियन्त्रक किरनचन्द्र सुवेदीले चालुतर्फ ६६ दशमलब ४७ प्रतिशत र पुँजिगत तर्फ ३२ दशमलब ५४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । “संघीय र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने अनुदान पनि समावेश भएको चालु शिर्षकको बजेट कार्यालय सञ्चालन, शिक्षक, कर्मचारी, सेना, प्रहरी, स्वास्थ्यकर्मीको तलबभत्तामा खर्च हुन्छ,” उहाँले भन्नुभयो “विकास आयोजना र कार्यक्रमहरुका लागि बिनियोजन भएको पुँजिगत बजेट खर्च अपेक्षाकृत होइन् ।”

Shreekrishna

विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा खरिद र ठेक्का प्रक्रीया पुरा गर्न समय लाग्नुका साथै आर्थिक मसान्त नजिकिएपछि मात्रै काम गर्ने प्रवित्तका कारण पुजिगत बजेटको ठूलो हिस्सा वैशाख, जेठ र असार महिनामा खर्च हुने गरेको कोष नियन्त्रक सुवेदीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विकास आयोजनाहरुको ठेक्का सम्झौता भएर कार्यान्वयन थालिएको र उपभोक्ता समितिहरुले काम सकेपछि मात्रै भुक्तानी पाउने भएकाले भौतिक प्रगति भएपनि आर्थिक प्रगति कम देखिएको कोष नियन्त्रक सुवेदीले बताउनुभयो । उहाँका अनुसार समग्र देशको आर्थिक खर्चको तुलनामा म्याग्दीमा बढी खर्च भएपनि अपेक्षाकृत होइन् ।

संघीय कार्यालयहरुमा पुजिगत शिर्षकमा रु. २७ करोड ४८ लाख असी हजार बिनियोजन भएकोमा रु. आठ करोड ८६ लाख ७९ हजार आठ सय ५९ खर्च भएको छ । प्रदेशका कार्यालयहरुमा पुजिँगत शिर्षकमा बिनियोजन भएको रु. असी करोड ८६ लाख १५ हजार खर्च भएको छ ।

सबैभन्दा बढी पँुजिगत बजेट रहेको पूर्वाधार विकास कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले ठूला र बहुबर्षीय योजनाको ठेक्का सम्झौताको चरणमा रहेका, काम भइरहेका आयोजनाको पेश्की मात्र भुक्तानी भएको र सालबसाली योजनाहरुमा बिनियोजन भएको बजेट काम गरेका निर्माण व्यवसायीलाई भुक्तानी गरिसकेको बताउनुभयो । रु. ५९ करोड ७१ लख ४३ हजार बजेट रहेको पूर्वाधारले हालसम्म रु. २१ करोड ५५ लाख ६७ हजार एक सय ५९ खर्च गरेको छ ।

यसैबीच म्याग्दीका सरकारी कार्यालयहरुले चालु आर्थिक वर्षको नौ महिनाको अवधीमा रु. छ करोड २६ लाख ७० हजार दुई सय ३३ राजस्व संकलन गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले रु. दुई करोड ३७ लाख, ८७ हजार नौ सय ६०, मालपोत कार्यालयले रु. एक करोड २५ लाख ९७ हजार पाँच सय ३७, कोष तथा लेखा नियन्त्रकको कार्यालयले रु. ५१ लाख ४९ हजार नौ सय ७९ राजस्व संकलन गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...