भारवाङको मोटरेबल पुल निर्माण सूचारु

Add Samajik bikash office

बेनी । कोरोनाको जोखिम, लकडाउन र बाढी, पहिरोका कारण रोकिएको म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना स्थित भारवाङको म्याग्दी खोलामाथि मोटरेबल पुल निर्माणको काम करिब ९ महिनापछि सूचारु भएको छ ।

मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले उपकरण र मजदुर परिचालन गरेर काम अघि बढाएको हो ।

भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले छ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले पुल निर्माणको काम धमाधम भैरहेको जानकारी दिनुभयो । बगरतर्फको पिल्लर निर्माण भइसकेको छ । भारवाङको पिल्लर बनाउन जग खन्ने काम सुरु भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दुई तर्फ एक÷एक मिटर फुटपाथ हुने पुलको गाडी गुड्ने भागको चौडाई ६ मिटर हुनेछ् । भारवाङघाटको पुल प्रिस्टे«स प्रबिधिको हो । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्तरगत दरवाङ देखि बिम हुदै मुना सम्म सडक निर्माण भएपनि म्याग्दी खोलामा पुल निर्माण हुन नसक्दा प्रयोगमा आउन सकेको छैन् ।

यसको विकल्प मानिएको दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत फेदीखोलामा धवलागिरी गाउँपालिकाले अस्थाई पुल बनाएको थियो । भारवाङको पुलले धवलागिरी गाउँपालिकालाई सिधा सडक सञ्जालमा जोड्छ ।

स्थानीयबासीहरुलाई आवत जावत र ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न सकिनेछ् । यो पुल निर्माणको योजना गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले सञ्चालन गरेको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...