एक वर्षमा ३२ हजार पर्यटकले घोडेपानी घुमे

Gandaki Kotihome

घोडेपानी, ः वि.स. २०८१ मा ३२ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

वि.स. २०८१ को वैशाख देखि चैत महिनासम्म ३२ हजार तीन सय ५० जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरण सहितको अभिलेख र तथ्याङ्क राख्दै आएको छ ।

गत वर्ष २५ हजार चार सय छ जना पर्यटक भित्रिएका र छ हजार नौ सय ४४ जना घोडेपानी हुदै अन्यत्र गएका छन् । चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कडेलले अघिल्लो वर्ष २०८० को तुलनामा २०८१ मा नौ सय ११ जना बढी पर्यटक आएका जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

वि.स. २०८० मा ३१ हजार चार सय ३९ र २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार आठ सय १८ र त्यसपछि चैतमा पाँच हजार छ सय ५८ जना पर्यटक आएका छन् ।

वैशाखमा चार हजार एक सय ९०, जेठमा एक हजार चार सय ६७, असारमा तीन सय ८८, साउनमा आठ सय ३४, भदौमा आठ सय ७४, असोजमा चार हजार २९, कात्तिकमा पाँच हजार आठ सय १८, मङसिरमा तीन हजार चार सय १४, पुषमा एक हजार छ सय ७८, माघमा एक हजार छ सय ७८ र फागुनमा दुई हजार तीन सय ३२ जना पर्यटक आएका चौकीको तथ्याङ्क छ ।

Annapurna aarohan ko notice

समुन्द्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । घोडेपानीमा बास बस्ने पर्यटकहरु एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ति होटलहरुमा एक दिनमा एक हजार जना बास बस्न सक्ने क्षमता रहेको छ ।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु. चालीस लाख एक हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु. ५० र विदेशीले रु. एक सय ५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।

अनुकुल मौसम र याम शुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायात मार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...