पचास हजारको बक्तृत्वकलामा किसानी चन्द्रकुन्ताकी उर्मिला विजयी

Gandaki Ghumau

बेनी, । रु. ५० हजार राशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७, धारापानीको किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी बिजयी हुनुभएको छ ।

स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिला बिजयी हुनुभएको हो ।

उर्मीलाले रु. ५० हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी उपविजेता र अन्नपूर्ण गाउँपालिका–५, शिख माविकी रेश्मा विक तृतिय हुनुभयो । द्धितिय र तृतियले क्रमश रु. ३५ हजार, रु. २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Shreekrishna

प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख दिलकुमारी खत्री, स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बद्री बरुवाल, निर्णायक समितिका म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देबीप्रसाद शर्मा, स्टुडेन्ट भाइब्सका नेपाल प्रमुख अशोक श्रेष्ठ, स्टुडेन्ट भाइब्स पोखरा प्रमुख सौराज तिमिल्सिना, बेनीअनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Gunasthariya Shiksya

प्रतियोगिताको उद्घाटन गदैं कार्यवाहक जिसस प्रमुख खत्रीले क्षमता विकासका लागि यो कार्यक्रम निकै उत्कृष्ट भएको बताउनुभयो । जिल्लाका पालिकास्तरमा छनौट गरी जिल्लास्तरीय फाइनल प्रतियोगिताका छ जनै प्रतिस्पर्धी म्याग्दीका प्रतीभाहरु भएको बताउँदै नयाँ प्रतीभा जन्माउनका लागि सहयो गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायव उपरीक्षक नवराज नेपाल, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्री लगायतको उपस्थिती रहेको थियो ।

स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवालले शैक्षिक परामर्श बाहेक सामाजिक एवम् मानवीय क्षेत्रमा समेत निरन्तर सक्रिय रहेको बताउँदै आगामी संस्करणमा म्याग्दीका कुना काप्चाबाट नयाँ प्रतीभाहरुको खोजी गरिने बताउनुभयो ।

म्याग्दीका स्थानीय तहबाट छनौट भएका छ जना प्रतिभालाई भाषणकला, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित एक दिने क्षमता विकास तालिम सञ्चालन गरेपछि फाइनल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

म्याग्दीका पालिकास्तरीय छनौटमा ४५ जना विद्यार्थीहरुबाट बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माविका अभिषेक पौडेल, धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी विकको सहभागिता रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...