कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षम युवराज थापा

Gandaki Ghumau

बेनी, । कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा युवराज थापा चयन हुनुभएको छ ।

बेनीमा शनिबार भएको केन्द्रको वार्षिक साधारणभाबाट बेनी नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा हुलाक अधिकृत रमेश थापामगर, सचिवमा सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदी, कोषाध्यक्षमा जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदी र सहसचिवमा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकाल चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

सदस्यहरुमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जिता गिरी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृत कडेल, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका मोतिलाल बलामी, जिल्ला प्रशासन कार्यालयका भुवन श्रीसमगर, अन्नपूर्ण गाउँपालिकाका अधिकृत भगवति खड्का कटुवाल र जिल्ला निर्वाचन कार्यालयका गोविन्द थापामगर चयन हुनुभएको छ ।

Shreekrishna

केन्द्रका निवर्तमान अध्यक्ष बिनोद सुवेदीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...