बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

Gandaki Ghumau

बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।

परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक मंगला गाउँपालिका–५ हाडेभिरका बिमल सापकोटाको फार्ममा पालिएको बंगुरमा उच्च नश्लको कम वोसो भएको अमेरीकन नश्लको शुद्ध बंगुरको ताजा वीर्यबाट निशूलक कृत्रिम गर्भाधान सेवा सुरुवात गरिएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गंगामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो,” उहाँले भन्नुभयो “हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बंगुर फार्ममा यो सेवा उपलब्ध गराउछौ ।”

Shreekrishna

उपयुक्त समय र विधी भएमा जमेको वीर्य भन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताउनुभयो । पशु प्रजनन् कार्यालय पोखराबाट वासो कम हुने अमेरिकन नश्लको वंगुरको वीर्य निशूल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ ।
कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बंगुरको नश्ल सुधारमा सहयोग पुग्ने कृषक बिमल सापकोटाले बताउनुभयो । म्याग्दीमा यसअघि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए ।

म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बंगुरपालक कृषकलाई परियोजनाले जोन कार्यक्रम मार्फत सघाउदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...