पहिरो पीडितलाई मोना यूकेको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाका पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ मोना युकेले आर्थिक सहयोग गरेको छ ।

विहिबार दरवाङमा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले मालिकाका पहिरो पिडितको लागि दुई लाख पचास हजार रुपैयाँको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालुलाई हस्तान्तरण गर्नुभयो । ।

वडा नं १ मा ५ ,वडा नं.२ मा १ ,वडा नं. ३ मा १ ,वडा नं.४ मा ६ ,वडा नं.५ मा २०, वडा नं. ६ मा ५ ,तथा वडा नं. ७ मा ३० जनालाई सहयोग हस्तान्तरण गरिने छ । क्षतीको आधारमा म्याग्दीका सबै पालिकाका बाढी पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिने मोना यूकेका अध्यक्ष दल जुग्जालीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले पठाएको दुई लाख पचास हजार रुपैयाँ उपाध्यक्ष रेशम छन्त्याल, मराङका वडा अध्यक्ष राजाराम सुबेदी र ताकमका कार्यवाहक वडा अध्यक्ष देवबहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

धवलागिरीको वडा नम्बर ६,मराङमा मृतक २१ जनाका आफन्त ९ सहित पुर्ण क्षति १७, आकस्मीक क्षति १७, वडा नं. ७ मा पुर्ण क्षति १४ परिवारलाई सो रकम वितरण गरिने मोना युकेले जनाएको छ । क्षतिको आधारमा म्याग्दीका सबै पालिकाका बाढी पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिने जनाएको छ ।

????????????????????????????????????
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...