म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

Gandaki Ghumau

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहिबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिनुभयो ।

“म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौ,” उहाँले भन्नुभयो “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात हातमा पुस्तक पुग्ने ब्यवस्था मिलाइएको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

म्याग्दीका २८ जना पुस्तक व्यवसायीहरुले बेनीमा संयुक्त रुपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् । यस वर्ष म्याग्दीमा रु. एक करोड मूल्य बराबरको पुस्तक भित्रिएको महासंघका सचिव धु्रबराज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहका शिक्षा शाखाको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार दुई सय सेटको दरले पुस्तक आयात गरिएको छ । शैक्षिक सत्र सकिदाँसम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले समयमै पुस्तक खरिद र वितरणको ब्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकाशा गरिएको बताउनुभयो । “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन,” उहाँले भन्नुभयो “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...