लैङ्गिक हिंसा नियन्त्रणको माग गर्दै अनेमसंगको ज्ञापनपत्र

Add Samajik bikash office

बेनी, । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीले लैङ्गिक हिंसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष बिष्णु कार्कीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

Bhautik ministry notice about road

ज्ञापनपत्रमा उल्लेखित १५ बुदे मागहरुमा महिला हिंसाका मुद्दाहरु फास्ट ट्याकबाट फैसला गर्नुपर्ने, पारिवारिक अदालतको गठन गरेर महिला न्यायाधिश बनाउनुपर्ने, बालबिवाह न्युनीकरण गर्नुपर्ने, बालबालिका माथि हुने हिंसा न्युनीकरणका लागि बनेका कानुनको कार्यान्वयन हुनुपर्ने, महिलाहरुको पक्षमा भएका अन्तराष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने लगायत छन् ।

संघको टोलीसंग जनमोर्चा म्याग्दीका अध्यक्ष छबी बिश्वकर्मा र नेता बिदुर कार्की पनि सहभागी हुनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...