अपर म्याग्दी –१ को बाँधतर्फबाट सुरुङ निर्माण शुरु

Gandaki Ghumau

बेनी, ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध तर्फबाट सोमबारदेखि सुरुङ निर्माण थालिएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा निर्माणाधिन बाँधबाट विद्युतगृह तर्फ पानी लैजानका लागि सुरुङ निर्माण शुरु गरेको हो । बाँध निर्माण स्थलबाट विद्युतगृहतर्फ बिस्फोटक पदार्थको प्रयोग, उपकरण र मजदुर परिचालन गरेर सुरुङ खन्ने काम थालिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो ।

“कुल पाँच किलोमिटर सात सय मिटर लामो सुरुङ मध्य बाँधतर्फबाट छहरीको अडिटतर्फ एक किलोमिटर पाँच सय मिटर सुरुङ खन्न थालिएको हो,” उहाँले भन्नुभयो “छहरी देखि बाँधतर्फ एक किलोमिटर पाँच सय मिटर सुरुङ खन्नुपर्नेमा हालसम्म तीन सय ५० मिटर सकिएको छ ।”
केही दिनमा छहरीको अडिटबाट मालिका गाउँपालिका–७ भारवाङको अडिट र भारवाङबाट छहरीको अडिटतर्फ पनि सुरुङ निर्माणको काम शुरु गरिने आयोजना प्रमुख केसीले बताउनुभयो । चार ठाउँबाट सुरुङ निर्माणको काम गरिनेछ् ।

Shreekrishna

वि.स. २०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्य सहित गत भदौ महिनादेखि सुरु भएको आयोजनाको हालसम्मको भौतिक प्रगति २० प्रतिशत छ । सुरुङसँगै बाँध र विद्युतगृह निर्माणको कामलाई तिब्रता दिएको आयोजना प्रमुख केसीले बताउनुभयो ।

Gunasthariya Shiksya

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् ।

भारवाङ देखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।

बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा ब्यवस्थापन भैरहेको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई एक सय ९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा.ली. परामर्शदाता रहेको यस आयोजनाको सिभिल ठेकेदार लुना बिल्डर्स हो भने, मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनौटको प्रक्रीयामा रहेको छ । अपर म्याग्दी–१ को प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली.मा आवद्ध छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...