विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखलाई कुटपिट गर्नेमाथी कारबाहीको माग

Gandaki Ghumau

भरतपुर । इलेक्ट्रिकल इन्जिनियर्स वेयलफेयर एसोशियसन, नेपालले नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखलाई कुटपिट गर्नेहरुमाथी कारबाही गर्न माग गरेको छ ।

एसोशियसनका अध्यक्ष शिवनारायण गोशली र सचिव विनोद शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो । मंगलबार बिहान भरतपुर वितरण केन्द्रको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान हुने शब्दहरु डिस्प्ले भएको विषय छानविन गर्न कार्यालयले पत्राचार गरेको अवस्थामा केही व्यक्तीहरु कार्यालयमा प्रवेश गरेर केन्द्रका प्रमुख रामु श्रेष्ठलाई दरव्यहार तथा कुटपिट र कार्यालय तोडफोड गरेका थिए ।

Gunasthariya Shiksya

कर्तब्य पालना गरिरहेका राष्ट्रसेवकमाथि आफ्नै कार्यकक्षमा भएको घटनाप्रति एशोसियसनले खेद व्यक्त गरेको छ । यस्तो क्रियाकलापले कर्मचारीको मनोवल तथा स्वाभिमानमा गम्भीर असर गर्ने हुदाँ निष्पक्ष छानविन गरी सार्वजनिक व्यक्ति तथा सम्पत्ति माथी दुरव्यवहार तथा तोडफोड गर्ने जोही कोही व्यक्ति भएपनि दोषीमाथी कानुन बमोजिम कदैसम्मको कारबाही गरी भयविहिन सार्वजनिक क्षेत्र तथा सार्वजनिक सेवा सुनिश्चितता गर्न जिल्ला प्रशसान कार्यालय चितवनसँग माग पनि गरेको छ ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...